English

निर्वाचन निष्पक्ष हुनेमा ओलीको शंका



प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गरेका छन् । उनले निष्पक्षरूपमा निर्वाचन सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रहसमेत गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए । एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए ।

उनले सत्ता गठबन्धनले एमसीसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको जिकीर गरे । एमाले नेतृत्वको सरकारमा एमसीसी संसद्मा पेश गर्न खोज्दा नदिएको सुनाउँदै ओलीले भने, ‘हामीले सरकारमा रहँदा संसद्मा एमसीसी पेश गरौँ भनेका थियौँ, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पुर्‍याइदिऔँ भन्दा उनीहरूले संसद्मा पुर्‍याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्‍याउन सकेका छैनन् ।’

एमाले अध्यक्ष ओलीले एमालेका नेता, कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउँदै पार्टी छाडेर गएकाहरूलाई एमालेमै फर्कनसमेत आह्वान गरे । चुनाव पछाडि धकल्न कोसिस गरे पनि आफ्नो पार्टीले निर्वाचन जित्ने दाबी गर्दै ओलीले भने, ‘जति नै चुनाव पछाडि सार्न खोजे पनि अबको एक वर्षभित्र हुने सङ्घीय संसद्को चुनावपछि एमालेले फेरि सरकार चलाउँछ ।’

यो पनि
कमल थापाद्वारा राप्रपा नेपाल घोषणा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested