English

फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य



आईसीसी टी २० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई २१९ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङ गरेको नेपालले फिलिपिन्सविरुद्ध २१८ रन जोडेको हो ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा भइरहेको खेलमा ओपनर कुशल भुर्तेलले १ सय ४ रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १८ रन बनाएको हो । कुशलले ६१ बल खेल्दै १ छक्का र १३ चौका प्रहार गरेका थिए । यसैगरी, दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्काको मद्धतमा ८३ रन जोडेका छन् ।

साथै, टी २० अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गरेका छन् । यो सँगै भुर्तेलले नेपालबाट टी २० अन्तर्राष्ट्रियमा ५० भन्दा माथिको स्कोर पाँचपटक बनाउने पूर्वकप्तान पारस खड्काको कीर्तिमान बराबरी गरेका छन् । उनले यसअघि चार अर्धशतक प्रहार गरिसकेका थिए । नेपालले हिजो शुक्रबार ओमानलाई घरेलु मैदानमा ३९ रनले हराएको थियो ।

शनिबार जितसहित सेमिफाइलन प्रवेश गरे नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । सेमिफाइलन प्रवेशका लागि नेपालले फिलिपिन्स र क्यानडामध्ये एक टोलीविरुद्ध जित निकाल्नु पर्नेछ ।

प्रतियोगिताको फाइलनमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् 

यो पनि
नेपालद्वारा ओमान फराकिलो रन अन्तरले पराजित
दुई खेलअगावै अस्ट्रेलियाले जित्यो टी-२० क्रिकेट शृंखला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested