English

ध्यानको अर्थ र महत्त्व



ध्यान भनेको भौतिक शरीर र मनका सीमाहरूबाट पर जानु हो । जब तपाईं शरीर र मनको सीमितताबाट पर जानुहुन्छ तबमात्र तपाईंले आफूभित्र जीवनको पूर्ण आयाम पाउनुहुनेछ । जब तपाईं आफूलाई शरीर ठान्नुहुन्छ तब जीवनप्रति तपाईंको पूरै दृष्टिकोण जीविकोपार्जन गर्नेमा मात्रै केन्द्रित हुनेछ ।

जब तपाईं आफूलाई मन ठान्नुहुन्छ तपाईंको सम्पूर्ण बुझाइ परिवार, धर्म र समाजको दृष्टिकोणको दास बन्दछ । तपाईं त्योभन्दा पर देख्न सक्नुहुन्न । तपाईं आफ्नो मनका विभिन्न रूपबाट स्वतन्त्र बनेपछि मात्र तपाईंले भौतिकभन्दा परको आयामलाई जान्नुहुनेछ ।

यो शरीर अनि यो मन तपाईंका होइनन् । यी दुवैलाई तपाईंले समयसँगै जम्मा गर्नुभएको हो । तपाईंको शरीर तपाईंले खानुभएको खानाको रास हो । तपाईंको मन तपाईंले बाहिरबाट जम्मा गर्नुभएको विभिन्न प्रभाव र छापहरूको डङ्गुर हो ।

तपाईंले जे जम्मा गर्नुभएको छ त्यो तपाईंको सम्पत्ति हुन सक्छ । तपाईंसँग घर र बैँक ब्यालेन्स भए जस्तै तपाईंसँग शरीर र मन छ । राम्रो जीवन बाँच्नको लागि राम्रो बैँक ब्यालेन्स, राम्रो शरीर अनि राम्रो मन आवश्यक हुन्छन्, तर ती पर्याप्त हुँदैनन् । कुनै पनि मानिस यी कुराहरूबाट सन्तुष्ट रहन सक्दैन । यी कुराहरूले जीवनलाई केवल सहज र आरामदायक बनाउन सक्छन् ।

एउटा पिँढीको रूपमा हेर्ने हो भने हामी अघिका पिँढीहरूले यस स्तरको आराम अनि सुख-सुविधाहरूको कल्पना समेत गर्न सक्दैनथे जुन हामीसँग अहिले छ । तर दुर्भाग्यवश, हामी आफूलाई यस धरतीको सबैभन्दा आनन्दित र स्नेही पिँढी भनेर दाबी गर्न सक्दैनौँ । तपाईंको शरीर र मन जीवन निर्वाहको लागि ठीक छन् तर तिनले तपाईंलाई पूर्णता दिन सक्दैनन् ।

तपाईंले जे जम्मा गर्नुभएको छ त्यो तपाईंको सम्पत्ति हुन सक्छ । तपाईंसँग घर र बैँक ब्यालेन्स भए जस्तै तपाईंसँग शरीर र मन छ । राम्रो जीवन बाँच्नको लागि राम्रो बैँक ब्यालेन्स, राम्रो शरीर अनि राम्रो मन आवश्यक हुन्छन्, तर ती पर्याप्त हुँदैनन् । कुनै पनि मानिस यी कुराहरूबाट सन्तुष्ट रहन सक्दैन । यी कुराहरूले जीवनलाई केवल सहज र आरामदायक बनाउन सक्छन् ।

तपाईं तृप्त बन्नुहुन्न किनकि मनुष्य हुनुको गुण नै यही हो- जति छ, त्योभन्दा बढी चाहनु । यदि तपाईंलाई आफू को हो भन्ने नै थाहा छैन भने के तपाईं यो संसार के हो भनेर जान्न सक्नुहोला र ? तपाईं जो हो त्यसको मूल गुणलाई तबमात्र अनुभव गर्न सक्नुहुन्छ जब तपाईं आफ्नो शरीर र मनका सीमाहरूबाट पर जानुहुन्छ । यसको निम्ति योग र ध्यान वैज्ञानिक साधनहरू हुन् ।

जबसम्म तपाईं शरीर र मनका सीमाहरूबाट पर जानुहुन्न तपाईंको जीवन खाएर, सुतेर, बच्चा जन्माएर अनि एकदिन मरेर मात्रै पूर्ण हुन सक्दैन । यी सबैथोक तपाईंको जीवनमा आवश्यक हुन्छन् तर यी सबैथोक भएपनि हाम्रो जीवन पूर्ण बन्न सक्दैन ।

यो किन हो भने मनुष्यमा रहेको गुणले निश्चित स्तरको जागरूकता पार गरिसकेको छ । यसले अझै बढी पाउन चाहन्छ, अन्यथा यो कहिल्यै तृप्त बन्न सक्दैन । यो असीम बन्नुपर्ने हुन्छ- तपाईं वास्तवमा जो हो त्यो असिमित आयाममा पुग्ने माध्यम नै ध्यान हो ।

यो पनि
श्रीकृष्णले शाही भोजन त्यागेर किन सादा खाना खाए ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested