English

विश्वपकमा छनोट हुने लक्ष्य



नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टोलीको लक्ष्य विश्वकपमा स्थान बनाउनु भएको बताएका छन् । आईसीसी टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको पूर्वसन्ध्यामा बोल्दै कप्तान सन्दीपले नेपाली टोलीको लक्ष्य नै विश्वकप छनोट हुनु भएको र त्यसका लागि टोलीको तयारी पुरा भएको बताए ।

‘विश्वकप छनोटको लक्ष्य लिएर आएका छौं । खेलाडीको प्रदर्शन हेर्दा विश्वकप छनोटका लागि हामी सक्षम छौं । सबैको अल्टिमेट टार्गेट भनेको विश्वकप पुग्नु हो,’ २१ वर्षीय सन्दीपले भने ।

नेपालले प्रतियोगितामा भोलि (बिहीबार) घरेलु टोली ओमानविरुद्ध खेल्दै सुरुआत गर्नेछ । खेल नेपाली समयअनुसार अल अमेरात क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । समूह ‘बी’ मा नेपाल सहित आयोजक ओमान, क्यानडा र फिलिपिन्स छन् ।

समूहको शीर्ष दुईमा रहे नेपाल ग्लोबल छनोटमा स्थान बनाउनेछ । नेपाल दोस्रो पटक विश्वपकमा छनोट हुने लक्ष्यमा छ । जसका लागि नेपाली टोलीले ओमानमै चारदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो । यस शृंखलालाई नेपालले आफ्नो तयारीका लागि महत्त्वपूर्ण मानेको थियो । यस खेलबाट खेलाडी र टिम समेट सन्तुष्ट छन् ।

‘चारदेशीय शृंखला विश्वकपको ग्लोबल छनोट तयारीका लागि महत्त्वपूर्ण थियो । यसले खेलाडीको व्यक्तिगत प्रदर्शन र ग्राउन्डको अवस्थाका लगायत सबै कुरामा प्रभावकारी भयो ।’ सन्दीपले भने । यस्तै सन्दीपले नेपाली टोलीको बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा बिस्तारै राम्रो भइरहेको र खेलाडीको प्रदर्शनअनुसार छनोट हुन नेपाल सक्षम रहेको बताए ।

यता, टोलीका प्रशिक्षक पुबुदु दासानायकेले चारदेशीय शृंखलाबाट धेरै कमजोरी सुधार भएको र योजनाअनुसार प्रदर्शन भइरहेको बताए । ‘चारदेशीय शृंखला खेल्यौं । त्यसबाट टोलीको कमजोरी सुधार्ने मौका पायौं । यसबाट म खुसी छु र तीन खेलको लागि पुरा टिम आत्मविश्वासी छ ।’ दोस्रो पटक नेपाली टोली हेरिरहेका श्रीलंकन नागरिक पुबुदुले भने ।

यो पनि
नेपाली फुटबलमा मच्छिन्द्रको छलाङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested