English

नेप्सेमा २० अंकको गिरावट, कारोबार २ अर्बमा खुम्चियो



बिहीबार नेप्से सूचकमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन झण्डै २० अंकले घटेर २७ सय ३४ अंकमा झरेको शेयर बजारमा बिहीबार थप १.९३ अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.९३ अंकले घटेर २७ सय ३२.५२ अंकमा झरेको छ । यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रहेको छ ।

त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज करिब २ अंकले घटेको बजारमा कारोबार रकम समेत घटेर २ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेका अनुसार यस दिन ४० लाख १७ हजार कित्ता सेयर बजारमा ३४ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन यस्तो कारोबार १९ अंक माथिले घटेको बजारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको भएको थियो । आज ट्रेडिङ, हाइड्रोपावर, म्यानु एन्ड प्रो, अन्य र म्युचुअल फन्ड बाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।

यो पनि…
सेयर बजार राताम्मे
१०० अंकले नेप्से घट्दा बजार राताम्मे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested