English

डिप्रेसन र एन्जाइटीमा के छ फरक ? (भिडियो पनि)



मानसिक रोगको समस्याले अहिले धेरै मानिसहरूलाई सताइरहेको छ । डिप्रेसन र एन्जाइटीको नाम सुनेर नै मानिसहरू तर्सन्छन् । यी दुईमा के फरक छ भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । यी दुईलाई दिमागी असन्तुलनमा राख्ने भन्दा पनि यी दुईमा के फरक छ भन्ने कुरा जान्नु पनि महत्वपूर्ण हुन्छ ।

एन्जाइटीलाई नेपालीमा दुशचिन्ता भनिन्छ । अत्यधिक चिन्ता लाग्ने, डर लाग्ने, जुन कुरा सम्भव हुँदैन त्यो कुरा भइहाल्छ कि भनेर डराउने यी एन्जाइटीका साइकोलोजिकल लक्षणहरू हुन् ।

त्यस्तै, फिजिकल लक्षणहरू पनि एन्जाइटीमा देखापर्छ । शरीर दुख्ने, पोल्ने, झमझमाउने, मुटुको धड्कन बढेजस्तो हुने छातिमा केही चिजले थिचेजस्तो हुने, घाँटी न्याकेजस्तो हुने, खाना खाँदा वा पानी खाँदा घाँटीमा केही अड्केजस्तो महसुस हुने हुन्छ ।

त्यस्तै, डिप्रेसनमा भएको मानिस दुई हप्ताभन्दा बढी हरेक दिन प्रायजसो समय निराश हुन्छ । बिनाकारण वा स–साना कारणले पनि नरमाइलो लाग्ने, दिक्दारी लाग्ने, निराश हुने र पहिले–पहिले रुचिकर लाग्ने कुराहरूले पनि पछि रमाइलो लाग्न छोड्छ फिजिकल जाँच गराउँदा केही पनि समस्या देखिँदैन ।

तर, छिट्टै थाक्ने, गल्ने र निद्रामा पनि समस्या देखापर्छ । कुनै डिप्रेसनमा भने धेरै सुत्ने पनि हुन सक्छ । धेरैजसो डिप्रेसनको बिरामीहरूमा खानाको रुचिमा कमी आउँछ भने केही केही बिरामीहरूले धेरै खाने पनि हुन्छन् ।

कारण

व्यक्तिको मनोविज्ञान र सामाजिक कारणले गर्दा एन्जाइटी र डिप्रेसनजस्ता समस्या देखिने गर्छन् । वंशाणुगत कारणले पनि यी मानसिक रोग लाग्ने गर्छन् । तर, वंशाणुगत कारणलाई साइकोलोजिकल र सामाजिक कुराले बढावा दिन्छ ।

बच्ने उपाय र उपचार

कति अवस्थामा डिप्रेसन र एन्जाइटीबाट बच्ने कुरा व्यक्तिको हातमा पनि हुँदैन । तर, पनि यी समस्याबाट बच्न व्यक्तिले आफ्नो जीवन सहज र सरल बनाउनुपर्छ । पूरा हुन नसकेका इच्छा आकंक्षाहरूलाई सहज रूपमा लिनुपर्छ । मनमा आएका नराम्रा सोचहरू र धारणाहरू अरूलाई सेयर गर्नुपर्छ ।

सानो कुरामा पनि सन्तोष रहनुपर्छ । यस्तै, लागुऔषधको सेवन र दुव्र्यसनीबाट टाढा रहनुपर्छ । सबैखाले मानसिक स्वास्थ्य समस्याको उपचार छ । समयमै उपचार भएमा यो रोग पूर्ण निको हुन्छ ।

भिडियो:

यो पनि…
क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर कज’
मुखको क्यान्सर : कारण, लक्षण र रोकथाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested