English

क्यान्सरविरुद्ध चेतना जगाउन ‘फेसन फर कज’



फेसन नेटवर्क नेपालले क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर ‘फेसन फर कज’ सम्पन्न गरेको छ । गत शनिबार ठमेलस्थित छायाँ सेन्टरमा फेसन कोच तथा अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन यो कार्यक्रमको सुरु गरेका हुन् ।

नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो । हरेक वर्ष विश्वभर क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा तथा विरामीलाई सहयोग गर्नका लागि सचेतना फैलाउनका लागि कोष जुटाउने यसको उदेश्य हो । ‘क्यान्सर विरुद्ध लड्न सँगै हिँडौ’ भन्ने नाराका साथ एक ठाउँमा भेला गर्न,कोष संकलनगर्न,क्यान्सर विरुद्धको लडाईंलाई समर्थन गर्न सुरु गरिएको कार्यक्रममा विभिन्न सेलिब्रेटी, व्यवसायीलगायत विभिन्न क्षेत्रका ब्यक्तिले सहभागिता जनाएका थिए ।

उनीहरु सबैले रनवेमा सचेतना र सहयोग सन्देश सहितका विभिन्न कार्ड बोकेर हिँड्दै क्यान्सर विरुद्धको लडाईँमा आफ्नो ऐक्यबद्धता देखाएका थिए । धेरै कम्पनी र ब्रान्डहरूले आफ्नो समर्थन विस्तार गर्न यस कार्यक्रमलाई समर्थन र प्रायोजन समेत गरे । कार्यक्रममा नेपाल सौन्दर्य कला व्यावसायी संघकी अध्यक्ष तथा वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठ, अभिनेता सरोज खनाल, सञ्चारकर्मी माल्भिका सुब्बा, सरिता श्री ज्ञवाली, समीरमणी दीक्षित, उरुषा जोशी, मिस नेपाल इभाना मानन्धर, गायिका अभया सुब्बा, डा. सुजिता हिराचन, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन, दक्षिण भारतमा रहेका अभिनेता तथा निर्देशक विष्णु अधिकारी लगायत रनवेमा सहभागी थिए ।

गायक अल्मोडा राणा उप्रेती, मेघा श्रेष्ठ, आफ्रिता खड्गी र सन्देश राई कोइरालाको दमदार प्रस्तुतिले कार्यक्रमलाई जीवन्त बनाएको थियो । फेसन नेटवर्क नेपालका संस्थापक प्रशान्त ताम्राकार र शेखरराज कसजुले रनवे सहभागिताबाट संकलन भएको कोष नेपाल क्यान्सर रिलिफ सोसाइटी र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरिने जानकारी दिए । ‘अत्याधिक प्रतिक्रिया र समर्थनले हामीलाई यस उद्देश्यका लागि उत्प्रेरित गरेको छ र आगामी वर्षहरूमा यो कार्यक्रमलाई अझ ठूलो र प्रभावकारी रूपमा सञ्चालन गर्न हामी समर्पित छौं,’ ताम्राकारले भने ।

तस्बिरहरुः बिकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested