English

नेपालद्वारा बंगलादेश २–१ ले पराजित

रंगशालामा हेभीवेट दर्शक



दशरथ रंगशालामा आज भएको थ्री नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

गत बर्ष आयोजना भएको साफ खेलकुद प्रतियोगितापछि कोरोना संत्रासले नेपालमा खेलकुद गतिविधि लगभग शुन्य जस्तै थियो । यसै विच नेपालमा आयोजना भएको थ्री नेशन्स फुटबल प्रतियोगिताले नेपाली खेलकुदको क्षेत्रलाई गति दिने संकेत देखाएको छ । यसपटक आयोजना भएको फुटबल प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले सहभागिता गरेका थिए ।

आज भएको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली नै रंगशाला पुगे ।

कोरोना महामारीका कारण थलिएको खेलकुद क्षेत्रलाई उठाउन थ्री नेशन्स फुटबल आयोजना गरिएको हो । प्रतियोगिता हेर्न रंगशालामा हजाराैं दर्शक पुगेका थिए भने टेलिभिजन, युट्युव र अन्य सामाजिक संजालमा प्रत्यक्ष प्रसारण हेर्नेहरूकाे संख्या पनि उत्तिकै थिए । यि थिए नेपाल र बंगलादेशबीचकाे म्याचमा दर्शक बन्न पुगेका भीआईपीहरु।

१. केपी शर्मा ओली (प्रधानमन्त्री)

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आजको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका थिए । खेलको पहिलो हाफको १८ औँ मिनेटमा नेपालको तर्फबाट संजोग राईले गोल गरेका थिए । उनको यो डेब्यू गोल थियाे । नेपालले बनाएको अग्रतामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ठाउँबाट उठेर ताली बजाएका थिए । यो म्याचमा गोल गरेसँगै नेपालले ७ खेल यता गर्न नसकेको गोलको खडेरीमा पूर्णविराम लगाएको हाे।

२. दावा लामा (खेलकुद मन्त्री)

खेलकुद मन्त्री दावा लामा पनि नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको खेलको फाइनल म्याच हेर्नका लागि पुगेका थिए । लामो समयपछि नेपालमा भएको म्याचमा दर्शक बनेका उनले पनि नेपालले पहिलो हाफमा बनाएको अग्रतामा बसेको स्थानबाट उठेर खुशी प्रकट गरेका थिए । खेलको ४२ औँ मिनेटमा नेपालको लागि विशाल राईले गोल गर्दै नेपालको स्कोर दोब्बर बनाएका हुन ।

३. रमेश सिलवाल राखेप (सदस्य सचिव)

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल पनि नेपाल र बंगलादेशबीच भएको थ्री नेशन्स फुटबल प्रतियोगिताको फाइनल म्याच हेर्नका लागि रंगशाला पुगेका थिए । उनीसँगै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष शिव कोईराला, सार्वजनिक लेखासमिति सभापति भरतकुमार शाह पनि नेपाल र बंगलादेशबीचको म्याच हेर्न दशरथ रंगशाला पुगेका थिए ।

आज भएको म्याचमा नेपालले बंगलादेशलाई २–१ को गोलअन्तरले पराजित गरेको हाे । पहिलो हाफमा नेपालले दुई गोलको अग्रता लिएको थियाे। बंगलादेशले दोस्रो हाफको ८० औं मिनेटमा एक गोल गरेको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested