English

देशभर स्वास्थ्य बीमा लागू हुँदै



सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।

आगामी चैत २५ गते ताप्लेजुङ, दोलखा, बारा, सर्लाही, मनाङ र मुस्ताङ गरी ६ जिल्लामा शुभारम्भ, त्यसपछि वैशाखमा काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा माधव लम्सालले जनाए ।

बीमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको तीन हजार ५ सय रुपैयाँ तिरेपछि प्रत्येक सदस्यले एक लाख रुपैयाँ बराबरको औषधोपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क उपचार गर्न पाइन्छ । पाँच जनाभन्दा बढी सदस्य भएपछि प्रतिसदस्यका दरले रु ७ सय बुझाउनु पर्छ । पाँच जनाभन्दा बढी सदस्यले प्रतिसदस्य २० हजारदेखि दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गर्न पाउने व्यवस्था छ ।

बोर्डले बीमा कार्यक्रमका लागि देशभरिका सरकारी र निजी गरी ३ सय ७५ अस्पताललाई सूचीकृत गरेको छ । बोर्डका सदस्य चन्द्र थापाले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरेपछि सबै नागरिकलाई बीमामा आबद्ध गराउने पहल गरिने जनाए ।

अझै पनि मानिसमा स्वास्थ्य बीमाप्रति जानकारी नभएर धेरै मानिस स्वास्थ्य बीमाबाट बाहिर रहेका छन् । अहिले ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन भएकोमा ७ लाख ४२ हजार १ सय ९२ घर परिवारका ३७ लाख १० हजार ९ सय ६२ जना बीमा कार्यक्रममा सहभागी रहेका छन् ।

तीमध्ये १४ लाख ३० हजारले बीमा कार्यक्रमको सुविधा लिएका छन् । तीमध्ये यस आर्थिक वर्षमा ७० प्रतिशत बीमितले नवीकरण गरेको छन् ।
सरकारले अति गरीब, ज्येष्ठ नागरिक, एचआइभी, एड्स संक्रमित, महिला स्वास्थ्य स्वयम्सेविका, अतिअशक्त अपाङ्गलाई भने निःशुल्क बीमा गर्ने गरेको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा लम्सालले जानकारी दिए ।

बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवालीका अनुसार मानिसले स्वास्थ्यप्रति चासो नदिएकाले बीमामा आकर्षण कम रहेको छ । ज्ञवाली भन्छन्, ‘बिरामी हुँदा मानिसहरू एक लाखभन्दा पनि बढी तिर्छन् । तर, बीमा गर्नका लागि ३ हजार ५ सय शुल्क पनि तिर्न मानिरहेका छैनन् ।’
ज्ञवालीले वार्डस्तरमा एक जना दर्ता सहयोगी खटाएर बीमाबारे जानकारी दिन घर–घर जाने गरेकाले अब भने बीमित बढ्ने विचार राख्छन् ।

सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट बीमा कार्यक्रम सुरु गरेको थियो । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested