English

शालीनदीमा माधवनारायण व्रत समापन गरिँदै



पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालुले आज बुधबार समापनअर्थात् साङ्गेका लागि साँखु र त्यस वरपरका मानिसलाई निम्ता गरेका छन् ।

साँखु र त्यस वरपरको क्षेत्रमा बुधबार बेलुकी व्रत समापनका लागि शङ्ख बजाएर निमन्त्रणा गरिएको लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिए । व्रत समापनको निमन्त्रणा बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने प्राचीनकालदेखिको विधि छ ।

व्रत समापनलाई स्थानीयवासीले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् ।

माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्रीस्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ ।

त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ । माघ शुक्ल पूर्णिमाका दिन बर्तालुले साङ्गे गरी व्रत समापन गरेको भोलिपल्ट गणेशको विशेष विधिले पूजा आराधना गर्ने परम्परा रहेको साँखु शालीनदी क्षेत्रका सांस्कृतिक परम्पराका विषयमा खोज अनुसन्धान गरिरहेका प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए ।

यसअघि पशुपतिबाट शेषनारायणसम्म, पनौती र चाँगुनारायणमा गरी तीन स्थानमा तीर्थयात्रा सम्पन्न भइसकेको छ । शालीनदीको एक महिने मेला अन्तिम चरणमा पुगेका बेला साँखु क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको भीड लाग्न थालेको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं पौराणिक महत्वको शालीनदीमा पार्किङ, सार्वजनिक यातायात, होटल पसल भने व्यवस्थित नभएको तीर्थयात्रीको गुनासो छ । नगरपालिकाले व्यवस्थितरूपमा काम गर्न नसकेको भन्दै भक्तजनले गुनासो गरेका छन् ।

माधवनारायण मेलाभर यस मार्ग चल्ने सार्वजनिक यातायातले सरकारले तोकेभन्दा बढी भाडा असुली गरेको यात्रुको गुनासो छ । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले सार्वजनिक यातायातमा अनुगमन नगर्दा मनपरि भाडा असुल्ने काम नरोकिएको यात्रु रामचन्द्र हुमागाइँको भनाइ छ ।

यो पनि
एक बिहान लावण्य देशमा‘(फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested