English

कृषिका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन



जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन ।

जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भएको हो । दक्षजनशक्तिको अभावले नयाँ जातको बिउ अनुसन्धान गरेर किसानसम्म पुर्याउन नसकिएको बागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमारी गिरीले बताए । उनका अनुसार बागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ, तर एक जना मात्र छन् ।

प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन् । अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् । सोचेअनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरीले बताए ।

प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन् । अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् । सोचेअनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरीले बताए ।

उनले भने, ‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर पर्याप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन । यो बिडम्वना हो । अनुसन्धानको काम ठप्प भएको छ ।’

किसानहरूलाई नयाँ जातको बालीको अनुसन्धान गरेर बिउ उपलब्ध गराउने भन्दै २०२७ सालमा कृषि अनुसन्धान केन्द्र विजयनगरमा स्थापना भएको छ । जग्गा, जनशक्ति र सिँचाइको अभावले गर्दा अनुसन्धानमा असर परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डलले बताए ।

मण्डलका अनुुसार चार जना प्राविधिक अधिकृतमा एक जना आफू मात्र र पाँच जना वैज्ञानिकको दरबन्दी रिक्त छ । प्रमुख मण्डलले भने, ‘दक्ष जनशक्ति वैज्ञानिक नहुँदा नयाँ जातको बालीमा अनुसन्धान हुन सकेको छैन । किसानलाई सिफारीस गर्न सकिएको छैन । अनुसन्धानको लागि प्रर्याप्त जमिन नहुँदा दक्ष कर्मचारी आउन समेत मान्दैनन् । ’

डा.शाहका अनुसार विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चारवटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन ।

भेडा बाख्रा अनुुसन्धान कार्यक्रम २०२७ सालमा स्थापना भएको हो । त्यहाँ कार्यरत्त डा.रमेश शाह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको प्रमुख हुन् । जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रुपमा काम गरिरहेका छन् । भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी छ । एक जना मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा तीन जना दरबन्दी भएकोमा तीनै जना प्राविधिक अधिकृत छैनन् । भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जनाको कर्मचारी दरबन्दी भएकोमा आठ जना कार्यरत छन् । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकोमा तीन जना मात्र कार्यरत छन् ।

डा.शाहका अनुसार विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चारवटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन ।

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धानलाई पूर्णता दिने काम हो । २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्तिको अभाव छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जुम्लामा स्थापना भएका अनुसन्धान केन्द्रको प्रभावकारीता कम हुदै गएको बताए ।


यो पनि पढ्नुहोस्

केरामा आत्मनिर्भर बन्दै झापा, वार्षिक यति हुन्छ उत्पादन
स्याउ खेतीमा जम्दै जुम्ला



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested