English

कृषिका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन



जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन छन् । जुम्लाको बागवानी केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन ।

जुम्लाको बागवानी केन्द्रले बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भएको हो । दक्षजनशक्तिको अभावले नयाँ जातको बिउ अनुसन्धान गरेर किसानसम्म पुर्याउन नसकिएको बागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमारी गिरीले बताए । उनका अनुसार बागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ, तर एक जना मात्र छन् ।

प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन् । अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् । सोचेअनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरीले बताए ।

प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ । तीनै जना प्राविधिक अधिकृत छैनन् । अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन् । सोचेअनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरीले बताए ।

उनले भने, ‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर पर्याप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन । यो बिडम्वना हो । अनुसन्धानको काम ठप्प भएको छ ।’

किसानहरूलाई नयाँ जातको बालीको अनुसन्धान गरेर बिउ उपलब्ध गराउने भन्दै २०२७ सालमा कृषि अनुसन्धान केन्द्र विजयनगरमा स्थापना भएको छ । जग्गा, जनशक्ति र सिँचाइको अभावले गर्दा अनुसन्धानमा असर परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डलले बताए ।

मण्डलका अनुुसार चार जना प्राविधिक अधिकृतमा एक जना आफू मात्र र पाँच जना वैज्ञानिकको दरबन्दी रिक्त छ । प्रमुख मण्डलले भने, ‘दक्ष जनशक्ति वैज्ञानिक नहुँदा नयाँ जातको बालीमा अनुसन्धान हुन सकेको छैन । किसानलाई सिफारीस गर्न सकिएको छैन । अनुसन्धानको लागि प्रर्याप्त जमिन नहुँदा दक्ष कर्मचारी आउन समेत मान्दैनन् । ’

डा.शाहका अनुसार विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चारवटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन ।

भेडा बाख्रा अनुुसन्धान कार्यक्रम २०२७ सालमा स्थापना भएको हो । त्यहाँ कार्यरत्त डा.रमेश शाह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको प्रमुख हुन् । जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रुपमा काम गरिरहेका छन् । भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी छ । एक जना मात्र कार्यरत छन् । प्राविधिक अधिकृतमा तीन जना दरबन्दी भएकोमा तीनै जना प्राविधिक अधिकृत छैनन् । भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जनाको कर्मचारी दरबन्दी भएकोमा आठ जना कार्यरत छन् । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकोमा तीन जना मात्र कार्यरत छन् ।

डा.शाहका अनुसार विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चारवटा अनुसन्धान केन्द्र छन् । तर, कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन ।

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धानलाई पूर्णता दिने काम हो । २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्तिको अभाव छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जुम्लामा स्थापना भएका अनुसन्धान केन्द्रको प्रभावकारीता कम हुदै गएको बताए ।


यो पनि पढ्नुहोस्

केरामा आत्मनिर्भर बन्दै झापा, वार्षिक यति हुन्छ उत्पादन
स्याउ खेतीमा जम्दै जुम्ला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested