English

क्यानडामा प्रदर्शनकारीको बैंक अकाउन्ट रोक्का



कोभिड खोपविरोधी आन्दोलन उग्र बनेपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यसलाई रोक्न अप्रत्यासित कदम चालेका छन्। खोप विरोधी अभियान नियन्त्रणका लागि सरकारले आपतकालीन ऐन ल्याएका हुन्।

सरकारले चाल्ने कदमको क्षेत्र ‘समय-सीमित’, ‘उचित र समानुपातिक’ हुने तर सेना परिचालन नहुने प्रधानमन्त्रीले बताएका छन्। नयाँ कानुनअनुसार सरकारले अदालतको आदेशबिना प्रदर्शनमा सहभागी हुने जोकोहीको बैंक अकाउन्ट बन्द गर्नेछ।

सयौं प्रदर्शनकारी क्यानडाको राजधानीमा छन्। क्यानडेलीलाई सुरक्षित गर्न सरकारले नयाँ कानुन ल्याएको प्रधानमन्त्रीले बताएका छन्। प्रदर्शनकारीलाई कैद वा जरिमाना गर्न र महत्वपूर्ण पूर्वाधार रक्षाका लागि प्रहरीलाई ‘बढी औजार’ दिइने उनले बताए।

आइतबार कानुन कार्यान्वयन निकायले खोप विरोधी प्रदर्शनकारीलाई विन्डसोरस्थित एम्बास्डर ब्रिजबाट प्रदर्शनकारी हटाइएको थियो। सो ब्रिज क्यानडा-अमेरिका व्यापारको एउटा महत्वपूर्ण मार्ग हो। सरकारले क्यानडाबाट अमेरिका जाने ट्रक चालकलाई अनिवार्य खोपको प्रावधान ल्याएको थियो।

यो पनि
प्रदर्शनपछि क्यानडामा आपतकाल घोषणा
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested