English

युक्रेन संकटप्रति राष्ट्रसंघले के भन्यो ?



राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसियायुक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् । रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानाकारी दिए ।

वार्तामा महासचिव गुटरेसले वर्तमान संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिएको प्रवक्ता स्टेफेन डुजारिकले बताए । ‘युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरूसँगको वार्तामा गम्भीर चासो देखाएका थिए, ’डुजारिकले भने ।

सो अवसरमा तनाव शान्त पार्न जारी कूटनीतिक वार्ताको महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको बताए । महासचिव गुट्रेस र उनका प्रवक्ता डुजारिकले रसियाले युक्रेन अतिक्रमण नगर्नेमा आफूहरू अझै पनि विश्वस्त भएको बताएका थिए ।

‘मलाई यो विश्वास छैन की उहाँको धारणा परिवर्तन भएको छ,’ राष्ट्रसंघको प्रधान कार्यलयमा आयोजित दैनिक ब्रिफिङमा प्रवक्ताले भने ।

यो पनि
इतिहासकै विशाल शान्ति प्रदर्शन



सम्बन्धित खबरहरु

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

गैर आवासीय नेपाली संघ (एनआरएनए) वि.स. २०६० (सन् २००३) मा स्थापना भयो र संघ दर्ताको निमित्त लामो बहस र चर्चा

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

Latest










Popular
Suggested