English

प्रवीण र अनिशा भए मोडल हन्ट नेपाल



‘मोडल हन्ट नेपाल २०२१’ को उपाधि प्रवीण चापागाईँ र अनिशा शाक्यले जितेका छन् ।

छैटौँ सिजन अन्तर्गत आयोजना भएको प्रतियोगितामा ३४ युवा र ३२ युवतीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर अप मिनाल्ड लामिछाने र सेकेन्ड रनर अप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फस्ट रनर अप र परितोषिका पन्त सेकेन्ड रनर अप भइन् ।

प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रवीण चापागाईँ र राजश्री कार्की वेस्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि। एन्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कबिर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।

यसै गरी विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेस्ट फिजिक र अदिति मानन्धर वेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रूपमा छनौट भएका थिए ।

प्रतियोगिताका विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति देखाउने छन् । यसका साथै दक्षिण कोरियामा आयोजना हुने एलबीएमए अवार्ड, गोवामा आयोजना हुने इन्टरनेसनल फेसन विक लगायत नेपालमा हुने विभिन्न फेसन सोमा अवसर पाउने छन् ।

प्रतियोगितामा शैलजा अधिकारी, सुरज सिंह ठकुरी, माल्भिका सुब्बा, डा। आयुष्मान घिमिरे र इन्टा श्रेष्ठ निर्णायक रहेका थिए । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगिताको निर्देशन रवि धमला र एत्ना पाण्डेले गरेकी थिइन् । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

Latest










Popular
Suggested