English

आयरल्यान्डविरुद्ध नेपालको सानदार शुरुवात



टी–२० शृंखलाअन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध सानदार शुरुवात गरेको छ । टस हारेर ब्याटिङ गरेको टेष्ट राष्ट्र आयरल्यान्डले पावर प्ले (६ ओभर)को समाप्तिमा ३ विकेट गुमाएर ३५ रन जोडेको छ । पहिलो ओभरको चौथो बलमै कमलसिंह ऐरीले आयरल्यान्डका विष्फोटक ओपनर ब्याटर पल स्टर्लिङलाई बोल्ड गरेका थिए ।

तेस्रो ओभरको अन्तिम बलमा जितेन्द्र मुखियाले ग्यारेथ डेलानीलाई कट एण्ड बल गरे । चौथो ओभरको चौथो बलमा अविनाश बोहोराले आयरल्यान्डका अर्का ओपनर एण्डी बाल्बिर्नीलाई १९ रनको स्कोरमा बोल्ड गरे ।

शृंखलाको अघिल्ला दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको नेपाली टोलीमा आज अविनाश बोहोरो, कुशल मल्ल र कुशल भुर्तेल टिममा फर्किएका छन् ।

युएईसँगको खेलमा सुरुवाती ११ मा रहेका साहव आलम, विवेक यादव र आरिफ शेखलाई आराम दिइएको छ । मल्ल र भुर्तेलले यसअघिका दुई खेल खेलेका थिएनन् ।

नेपालले शृंखलाको पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग २५ रनको हार ब्यहोरेको थियो ।

नेपालले आयरल्यान्डमाथि ठूलो अन्तरको जित हासिल गरेको खण्डमा शृंखला जित्ने सम्भावना छ । आजै केही बेरअघि सम्पन्न खेलमा ओमानले युएईलाई ७ विकेटले पराजित गरेपछि उपाधिमा नेपाल र आयरल्यान्ड दुवैको अवसर खुलेको हो । ३ खेलबाट यूएईको ४ अंक छ भने आयरल्यान्ड र नेपालको २–२ अंक छ ।

यो पनि
श्रीलंकाविरुद्धको टी-२० शृंखलामा अष्ट्रेलिया विजयी
नेपाल युएईसँग पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested