English

बृषेश चन्द्रलालले लोसपा किन छाडे ?



लामो समयदेखि महन्थ ठाकुर नेतृत्वलाई साथ दिदैँ आएका प्रभावशाली नेता बृषेशचन्द्र लालले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल) बाट अलग भएका छन् । ठाकुर नेतृत्वको लोसपा नेपाल परित्याग गरेका लालले पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः दर्ता गरेर सोही पार्टीमार्फत राजनीतिक गतिविधि गर्ने भएका हुन् ।

‘लोसपा संस्थागत रूपमा चल्न सकेन्, लोसपा मात्रै होइन जसपा पनि संस्थागत रूपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने, ‘मधेस आन्दोलनको मर्म र भावना विपरित मधेसका नेताहरू सत्ता र कुर्सीका लागि ज्यान फाल्न थाले पछि मधेस आन्दोलनका आन्दोलनकारीहरूको भावनालाई सम्बोधन गर्न लोसपा छाडेको हुँ ।’

उनका अनुसार महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वको पार्टीले मधेस केन्द्रित दलको पहिचान गुमाउँदै गएकाले पार्टी छाडन विवश भएको हो । ‘मधेस आन्दोलनमा सक्रिय साथीहरुको सल्लाह अनुसार तमलोपा निर्वाचन आयोगमा पुनः दर्ता भएको छ, अबको राजनीति म यसैबाट गर्ने निष्कर्षमा पुगेको छु,’ लालले अगाडि भने, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार तमलोपाबाट खडा गर्ने गरी गृहकार्य भईरहेको छ, साथीहरु क्रमशः हामीसँग जोडिदैँ जानु भएको छ ।’

उनका अनुसार रघुशंकरलाल कर्णका संयोजकत्वमा निर्वाचन आयोगमा पुनः दर्ता भएको तमलोपामा संविधानसभा सदस्य डा.विजय सिंहलगायतका मधेस आन्दोलनका सारथीहरू रहेका छन, संगठन विस्तारका लागि फागुन पहिलो साताबाट तराई मधेसका सबैजसो जिल्लामा औपचारिक कार्यक्रम गर्ने तयारीसमेत भइरहेको छ । लाल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालकातर्फबाट राष्ट्रियसभा सदस्यसमेत विजयीसमेत भएका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested