English

दोस्रो जितको खोजिमा नेपाली टिम



ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र बलिङमा अविनाश बोहरा चम्किएपछि चारदेशीय टी-२० शृंखलाको पहिलो खेलअन्तर्गत नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ । मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा ओमानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य नेपालले तीन बल बाँकी छँदै चार विकेटको क्षतिमा भेट्टायो ।

नेपालको ब्याटिङमा दीपेन्द्रले अर्धशतकीय इनिङ खेले । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक प्रहार गरेका दीपेन्द्रले अविजित ७३ रन बनाए । ५३ बलको सामना गरेका दीपेन्द्रले आठ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालबाट ज्ञानेन्द्रले पभेलियन फर्किनुअघि १३, ओपनर आशिफ शेखले १४ र प्रदीप ऐरीले चार रन जोडे ।

यस्तै, चार बलमा चार रन बनाएका सरद भेषावकर दीपेन्द्रसँगै अविजित रहे । यसअघि टस हारेर ब्याटिङमा आएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । ओमानका कप्तान जिसन मक्सुदले सर्वाधिक अविजित ४३ रन बनाए । उनले ४१ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

यस्तै, नदिमले पभेलियन फर्किनुअघि ३० बलमा दुई चौकासहित ३१ रन जोडे । नेपालका अविनाश बोहराले तीन विकेट लिएका । चार ओभर बलिङ गरेका अविनासले २६ रन खर्चिए । त्यस्तै, कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक एक विकेट लिए । शृंखलाअन्तर्गत नेपालले आज सयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बुटवल, २ अक्टोबर २०२६ – टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

Latest










Popular
Suggested