English

राप्रपाले देशव्यापी संगठन विस्तार गर्ने



राप्रपाको पदाधिकारी बैठकले देशव्यापी संगठन विस्तार गर्ने निर्णय गरेको छ । बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति थियो ।

महामन्त्री भुवन पाठकले बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न विशेष कार्ययोजना पेस गरेका थिए ।जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने कार्ययोजनामा उल्लेख छ ।

पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने, पार्टीको शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने कार्ययोजना पेस गरेको छ ।

बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यका लागि बैठकले आव्हान गरेको छ ।

राप्रपा स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले पुनः प्रतिबद्धता गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तहलगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको बैठकको निष्कर्ष छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ११ फागुनमा बस्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested