English

एमएफसी–सीएनको सह–अध्यक्षमा पन्त निर्वाचित



मिडिया एक्सन नेपाल (म्यान) का अध्यक्ष लक्ष्मणदत्त पन्त विश्वभर प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन गर्ने विश्वव्यापी नेटवर्कको सह–अध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न देशका २२ संस्था मिलेर बनेको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (एमएफसी–सीएन) को निर्वाचनले ८ फेब्रुअरीमा पन्तलाई प्रभावशाली विश्वव्यापी पदमा निर्वाचित गरेको हो ।

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरूको समूह हो । जसले मिडिया स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको पक्षमा वकालत गर्न र पत्रकारहरूलाई दुःद दिनेहरूलाई कारबाही गर्न मिलेर काम गर्ने राष्ट्रहरूको साझेदारी मिडिया फ्रिडम कोलिसन (एमएफसी) लाई सल्लाह दिन्छ ।

सञ्चार विज्ञ पन्त नेटवर्कका दुई अन्य सह–अध्यक्षहरू आर्टिकल १९ का सिल्भिया चोकारो र आइफेक्सका रचेल केसँग विश्वव्यापी रूपमा मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका गतिविधिहरू समन्वय गर्न र नेटवर्कको प्रतिनिधित्व गर्दै मिडिया स्वतन्त्रताको रक्षा गर्न आयोजना हुने विश्वव्यापी बैठकहरूमा सहभागी हुनेछन् ।

‘हामीलाई मिडिया स्वतन्त्रता प्रवर्द्धन गर्न साहस चाहिन्छ, त्यसका लागि, म नेटवर्कका अन्य सह–अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु ।’

सह–अध्यक्षमा निर्वाचित भएपछि टिप्पणी गर्दै पन्तले भने, ‘नयाँ अध्यक्ष हुनुमा ठूलो जिम्मेवारी आउँछ । नेपाललगायत धेरै देशमा प्रेस स्वतन्त्रतामाथि हमला भइरहेको बेला हामीले यसलाई जोगाउन सामूहिक रूपमा सक्दो प्रयास गर्नुपर्छ ।’

उनले थपे–‘हामीलाई मिडिया स्वतन्त्रता प्रवर्द्धन गर्न साहस चाहिन्छ, त्यसका लागि, म नेटवर्कका अन्य सह–अध्यक्ष र सदस्यहरू तथा संस्थाहरूसँग मिलेर हाम्रा कार्यहरूलाई अझ राम्रोसँग समन्वय गर्न र प्रभावकारिता बढाउन काम गर्नेछु ।’

मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कका सदस्यहरूमा मिडिया एक्सन नेपालसहित आर्टिकल १९, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, इन्टरनेसनल प्रेस इन्स्टिच्युट, रिपोर्टर्स सेन्स फ्रन्टियर्स, अन्तर्राष्ट्रिय प्रसारण संघ, समाचारपत्र र समाचार प्रकाशकहरूको विश्व संघ, द गार्जियन, अन्तर्राष्ट्रिय मिडिया सपोर्ट, कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स, पब्लिक मिडिया अलायन्स, इन्टरन्युज युरोप, आइफेक्स, फ्री प्रेस अनलिमिटेड कम्बोडियन सेन्टर फर ह्युमन राइट्स, पाकिस्तान प्रेस फाउन्डेसन, डीडब्लू एकेडेमी लगायतका २२ ओटा संस्थाहरू रहेका छन् ।

गत महिना, नेपाल र दक्षिण एसियामा कार्यरत मिडिया अधिकार तथा अनुसन्धान संस्था मिडिया एक्सन नेपाललाई मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यको रूपमा चयन गरिएको थियो ।

‘यो नयाँ विश्वव्यापी जिम्मेवारीले मलाई व्यक्तिगत रूपमा र मिडिया एक्सन नेपाललाई प्रेस स्वतन्त्रता प्रवर्द्धन गर्न र पत्रकारहरूको सुरक्षा सुधार गर्न हाम्रो क्षमतामा सबै काम गर्न प्रतिबद्ध बनाएको छ,’ पन्तले बताए ।

यो पनि…
सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार

एनआरएन युकेको सक्रियतामा ४२८ अक्सिजन कन्सन्ट्रेटर नेपाल आइपुग्यो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested