English

राइज मिडिया नेटवर्कको महाप्रबन्धकमा धिरेन्द्र पन्त



राइज मिडिया नेटवर्कको महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) मा धिरेन्द्र पन्त नियुक्त भएका छन् । पन्तलाई आइतबार नेटवर्कका कार्यकारी निर्देशक-प्रमुख कार्यकारी अधिकृत (सीईओ) निर्मल श्रेष्ठ, प्रधानसम्पादक सन्तोष आचार्य, निर्देशक सुनीता दुलाल, बोर्ड सदस्यद्वय खड्ग परियार, फुर्वा तेन्जिङ शेर्पा लगायतले स्वागत गरेका हुन् ।

पन्त २३ वर्षयता बैंकिङ र रेमिट्यान्स क्षेत्रमा सक्रिय थिए । उनीसँग एनसिसि बैंक, हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्राण्ड बैंक (हालको प्रभु बैंक), बुम रेमिट लगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ । विगत तीन वर्षयता पन्त रेमिट्यान्स परामर्शदाताको रूपमा पनि काम गर्दै आएका थिए । पन्तले फाइनान्स, मार्केटिङ र मानव संशाधनमा डबल स्नातकोत्तर गरेका छन् ।

पन्तलाई स्वागत गर्दै कम्पनीका सिईओ श्रेष्ठले नेटवर्कलाई बजारीकरण र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘उहाँको २३ वर्ष लामो बैंकिङ क्षेत्रको अनुभव हाम्रा लागि कोसेढुंगा बन्नेछ,’ श्रेष्ठले भने ।

यसैगरी, नेटवर्कद्वारा सञ्चालित मेरोलाइफस्टाइलका प्रधानसम्पादक आचार्यले धिरेन्द्रको आगमनले कम्पनीको वृद्धि विकासमा सघाउ पुग्ने बताए। त्यस्तै, निर्देशक दुलालले पन्तलाई स्वागत गर्दै ‘उहाँको अनुभवको लाभ नेटवर्कले लिने,’ विश्वास व्यक्त गरिन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested