English

व्रत बस्नुको कारण



पूर्णिमा पछिको एघारौँ दिन अनि औँसी पछिको एघारौँ दिनलाई एकादशी भनिन्छ । हरेक ४० देखि ४८ दिनमा मानव प्रणाली एउटा चक्रबाट गुज्रिन्छ, जसलाई मण्डल भनिन्छ । यो अवधिमा ३ दिनहरू यस्ता हुन्छन्, जब शरीरले खाना खान चाहँदैन ।

ती ३ दिनहरू व्यक्ति-व्यक्तिहरू बीच फरक हुन सक्छन्, अनि बराबर अन्तरालमा नआउन पनि सक्छन् । यदि तपाईंले ती ३ दिनहरू पत्ता लगाउनुभयो र ती दिनहरूमा शरीरलाई खाना दिनुभएन भने (किनकि शरीरले खान चाहँदैन), यो सरल अभ्यासले पनि तपाईंका थुप्रै समस्याहरू समाधान गर्नेछ ।

‘यति क्यालोरी, यति प्रोटिन र यति मिनिरल खानुपर्छ’ भन्ने वाहियात् कुरालाई नपछ्याएर आफ्नो शरीरलाई पर्याप्त ध्यान दिने हो भने, शारीरिक प्रणालीमा हुने यो चक्रलाई अधिकांश मानिसहरूले पहिचान गर्न सक्दछन् । साथै, ती तीन दिनहरू सजिलै थाहा पाउन सकिन्छ ।

तसर्थ, यो बताइएको थियो कि ४८ दिनमा ३ दिन तपाईंले केही खानुहुँदैन । यो यसकारण भनिएको हो, किनकि कसैले आफ्नो प्रणालीलाई गहिराइमा हेरे अनि त्यसबाट यो कुरा व्यक्त गरे । तर, सबै मानिसहरू यसप्रति सचेतन नहुने भएकोले उपवासको लागि एकादशी निर्धारित गरिएको हो । यदि तपाईंले हेर्नुभयो भने, ४८ दिनमा ३ वटा एकादशी पर्छन् ।

जबरजस्ती केही नखाइकन बस्नु उचित होइन । उपवासको अभिप्राय के हो भने, हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, सचेतनपूर्वक रोज्दछौँ ।

उपवास वा व्रत बस्नुको कारण के हो भने, यसदिन पृथ्वी विशेष अवस्थामा हुन्छ, अनि हामीले आफ्नो शरीरलाई हलुका राखी ग्रहणशीलताको लागि उपलब्ध बनायौँ भने, हाम्रो जागरूकता वा चेतना भित्रतर्फ फर्किन्छ ।

यसदिन आफ्नो भित्री आयामको ढोका खोल्ने सम्भावना बढी हुन्छ । तर, यदि तपाईंको पेट टन्न भरिएको छ अनि तपाईं अचेतन र सुस्त हुनुहुन्छ भने, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्न । अतः सतर्क र सजग रहन, साथै शरीरलाई शुद्ध गर्नको निम्ति यसदिन हामी केही खाँदैनौँ- अघिल्लो रातमा खाना खाएपछि हामी एकादशीको रातमा मात्र खाना खान्छौँ ।

आफ्नो कामको प्रकृतिले गर्दा वा उचित साधनाको अभावले गर्दा, तपाईं केही नखाइकन बस्न सक्नुहुन्न् भने, तपाईं फलाहार रोज्न सक्नुहुन्छ- यो पेटको लागि हलुका हुन्छ र आफ्नो भित्री आयामको लागि ढोका खोल्न सहायक हुन्छ ।

जबरजस्ती केही नखाइकन बस्नु उचित होइन । उपवासको अभिप्राय के हो भने, हामी हरेक चीजलाई चेतनशील हुने प्रक्रिया बनाउन चाहन्छौँ । हामी बाध्यात्मक रूपमा खान चाहँदैनौँ, सचेतनपूर्वक रोज्दछौँ ।सदगुरुको प्रवचन

यो पनि

कसरी सम्भव हुन्छ महासमाधि ?

साँचो प्रेमको अर्थ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested