English

लामखुट्टे भगाउन घरको वरिपरि रोप्नुहोस् यी बिरुवा



प्रदूषण बढेसँगै लामखुट्टेको सङख्या पनि बढ्दै गएको छ । लामखुट्टेले हाम्रो शरीरमा टोक्दा डेंगु, मलेरिया जस्ता रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ । यी लामखुट्टेबाट छुटकारा पाउन बजारमा धेरै थरिका उत्पादनहरू बजारमा उपलब्ध छन् । तर, ती स्वास्थ्यको लागि प्रभावकारी नहुन सक्छन् । तर, केही यस्ता बिरुवाहरू छन् जसले लामखुट्टेलाई प्राकृतिक रूपमा टाढा राख्छ ।

लेमन ग्रास

लेमन ग्रास बिरुवाको सुगन्ध हामी सबैलाई मन पर्छ । यो धेरै लामखुट्टेलाई भगाउनको लागि पनि प्रयोग गरिन्छ । हामी यसलाई हर्बल चियाको रूपमा प्रयोग गछौंँ जुन सुगन्धबाट लामखुट्टे टाढा भाग्छ ।

सयपत्री

सयपत्री फूलले घरको वातावरण सुन्दर राख्छ । लामखुट्टे तथा अन्य उड्ने किराहरूलाई भने यसको गन्ध मन पर्दैन ।

लसुन

लसुन खानामा प्रयोग गरिन्छ । लामखुट्टेलाई यसको गन्ध मन पर्दैन । त्यसैले, तपाईंले घर वरपर लसुन लगाउँदा लामखुट्टे भगाउन र खानामा पनि प्रयोग हुने हुँदा दोहोरो फाइदा हुन्छ ।

तुलसी

तुलसीले हावा सफा राख्नुका साथै साना किरा र लामखुट्टेलाई पनि टाढा राख्छ । तुलसीको पातलाई खाना पकाउँदा वा चियामा पनि प्रयोग गर्न सकिन्छ ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested