English

ताराखोलाको आफ्नै पाठ्यक्रम निर्माण



विद्यालय तहको शिक्षण सिकाइलाई व्यावहारिक र स्तरीय बनाउन बागलुङको ताराखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । कक्षा १ देखि ५ सम्मलाई लक्ष्य गरी बनाइएको पाठ्यक्रम आउँदो शैक्षिक सत्रदेखि गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।

पाठ्यक्रमअनुसार पाठ्यपुस्तक निर्माणको काम अगाडि बढेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसीले जानकारी दिइन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको अधिकार गाउँ र नगरपालिकालाई दिएको छ ।

अधिकृत केसीले स्थानीय कला, संस्कृति, सामाजिक मूल्य, मान्यता र विषयगत ज्ञानयुक्त शिक्षाको आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार पारिएको बताइन् ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले विज्ञसहितको परामर्शमा पाठ्यक्रम निर्माण गरिएको बताइन् । उनकै संयोजकत्वमा गठित स्थानीय पाठ्यक्रम निर्माण प्राविधिक कार्यदलले पाठ्यक्रमलाई अन्तिम रूप दिएको हो ।

अध्यक्ष घर्तीले आधारभूत तहमा पढ्ने बालबालिकाको सिकाइ प्रक्रियालाई स्थानीयकरण गर्न पाठ्यक्रमले सघाउने विश्वास व्यक्त गरे ।
यस पाठ्यक्रमबाट हाम्रा बालबालिकाले आफ्नो गाउँ-ठाउँका विविध पक्षबारे वस्तुनिष्ठ ज्ञान प्राप्त गर्नेछन्’, उनले भने- ‘दक्ष, सचेत र इमान्दार शैक्षिक जनशक्ति उत्पादनमा स्थानीय पाठ्यक्रमको महत्व छ ।’

ति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

भूगोल, इतिहास, संस्कृति, जीवनशैली, जनस्वास्थ्य, विपद् व्यवस्थापन, पर्यटन, लैङ्गिक मुद्दा, आर्थिक गतिविधि, स्थानीय स्रोतसाधनको संरक्षण एवं उपयोग, ज्ञान, विज्ञानलगायतका विषय पाठ्यक्रममा समावेश गरिएको छ ।

पाठ्यक्रमको सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विमोचन गरेका थिए । जिल्लाका अन्य स्थानीय तहले पनि आफ्नै पाठ्यक्रम तयार गरी लागू गरिसकेका छन् । सबैभन्दा पहिले तमाखोला गाउँपालिकाले पाठ्यक्रम बनाएको थियो ।

यो पनि…
पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले बनायो म्युजिक भिडियो
पर्यटकीय गन्तव्यको केन्द्र बन्यो रौतापोखरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

नेपाल सरकारले सोमबार चितवन राष्ट्रिय निकुञ्जमा आयोजित उद्घाटन समारोहमार्फत पाँचौ राष्ट्रिय बाघ सर्वेक्षण औपचारिक रूपमा सुरु गरेको छ। सर्वेक्षण चितवन–पर्सा

Latest










Popular
Suggested