English

निर्वाचनका लागि स्रोतसाधन उपलब्ध गराउन आयोगको पत्राचार



निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा आवश्यक पर्ने भवन परिवहनका साधन, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका सन्दर्भमा सबै स्थानीय तहसँग विवरण मागका लागि समन्वय गर्न आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गरेको जनाएको छ ।

संविधानबमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ भन्ने व्यवस्था रहेको साथै निर्वाचन आयोग ऐन २०७३ को दफा ८ मा आयोगले निर्वाचनको काम सञ्चालन गर्नका लागि नेपाल सरकार प्रदेश सरकार नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्था वा स्थानीय तहको जग्गा भवन परिवहनका साधन फर्निचर वा अन्य जुनसुकै भौतिक साधन पूर्वसूचना दिई आवश्यकता अनुसार प्राप्त गरी प्रयोग गर्न सक्ने व्यवस्था वमोजिम माग गरिएको आयोगले सोमबार सूचनामार्फत जानकारी दिएको छ ।

स्थानीय तह तथा जिल्ला समन्वय समितिको निर्वाचनको सञ्चालन तथा व्यवस्थापन गर्ने प्रयोजनार्थ करिव दुई महिना अवधिका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना र सञ्चालन गर्न देहायबमोजिमको विवरण ७५३ वटै स्थानीय तहलाई पछि फरक नपर्ने गरी तयार गर्न लगाई उक्त विवरण एकीकृत गरी २०७८ माघ मसान्तभित्र अनिवार्यरूपमा आयोगमा उपलब्ध अनुरोध गरिएको छ ।

साथै मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि कार्यालय सञ्चालनका लागि सम्बन्धित स्थानीय तहबाटै कम्तीमा १/१ थान चालु अवस्थाको डेस्कटप कम्युटर, ल्यापटप, स्क्यानर र प्रिन्टर उपलब्ध हुनेगरी व्यवस्थापन गरिदिन सबै स्थानीय तहहरूलाई मन्त्रालयबाटै पत्राचार हुन समेत अनुरोध गरिएको आयोगले जनाएको छ ।

यो पनि

स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा

३० वैशाखमै स्थानीय तहको निर्वाचन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

Latest










Popular
Suggested