English

पहिलो गीत गाउँदा २५ रूपैयाँ पाएकी थिइन् लताले



भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो । निधनपछि उनको सांगीतिक जीवनका विभिन्न किस्साहरूमाथि चर्चा भइरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार लताले पहिलोपटक स्टेजमा गीत गाउँदा पारिश्रमिकस्वरूप १५ रूपैयाँ पाएकी थिइन् । उनले यसलाई आफ्नो पहिलो कमाई मानेकी थिइन् ।

लताको आवाज

संगीतकार गुलाम हैदरले १८ वर्षीया लतालाई सुनेपछि उनलाई त्यस युगका सफल फिल्म निर्माता शशिधर मुखर्जीसँग परिचय गराए । शशिधरले यो आवाज एकदमै पातलो छ, काम नलाग्ने बताए । त्यसपछि मास्टर गुलाम हैदरले लतालाई चलचित्र ‘मजबूर’ को ‘अंग्रेजी छोरा चला गया’ गीतमा गायक मुकेशसँग गाउने मौका दिएका थिए । यो लताको पहिलो ठूलो ब्रेक थियो, त्यसपछि उनलाई कामको कमी भएन।

फिल्ममा स-साना भूमिका

लता मंगेशकरका बुबा शास्त्रीय संगीतका ठूलो फ्यान थिए । त्यसैले सायद उनी फिल्ममा लताको विरुद्धमा थिए । उनको बुबाको मृत्युपछि परिवारको आर्थिक अवस्था नाजुक भयो । लता मंगेशकरले मराठी र हिन्दी फिल्ममा साना भूमिका खेल्न थालिन् । मास्टर विनायकले उनलाई र आशा भोस्लेलाई उनका केही फिल्ममा भूमिका र गीत गाउने मौका पनि दिए ।

गीत रेकर्ड गर्नुअघि आइसक्रिम

गीत रेकर्ड गर्नुअघि लताले आइसक्रिम खान्थिन् । उनले अचार, खुर्सानीजस्ता कुरालाई सधैं बेवास्ता गरिन् । उनको आवाजले सबैलाई मोहित पार्छ । सन् १९७४ मा लन्डनको रोयल अल्बर्ट हलमा प्रदर्शन गर्ने उनी पहिलो भारतीय थिइन् ।

यो पनि

चर्चित भारतीय गायिका लता मंगेशकरको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested