English

यसरी सजाउनुहोस् आफ्नो भान्सा कोठालाई



भान्सा घरको एक सुन्दर कुना हो जहाँ मानिसहरूले अधिकांश समय बिताउँछन् । भान्साकोठा सजाउनका लागि कोठालाई मर्मत गरिरहनु आवश्यक पर्दैन । केही सामान्य कुराहरूलाई ध्यान दिए आफ्नो भान्सा कोठालाई आकर्षक तरिकाले सजाउन सकिन्छ ।

भान्साकोठाका भित्ताहरूलाई सजाउनुहोस्

भान्सालाई सुन्दर लुक्स दिन भित्तामा निलो, पहेलो, सुन्तलाजस्ता चम्किलो रंगको प्रयोग गर्न सक्नुहुन्छ । रंगको छनोट गर्दा छत र भुइँको रंगलाई ध्यान दिनुहोस् । यदि, तपाईं भान्साको सजावटलाई फरक लुक्स दिन चाहनुहुन्छ भने बोल्ड रंङ छनोट गर्नुहोस् ।

सामानले भान्साकोठाको सौन्दर्य बढाउनुहोस्

आजकल बजारमा विभिन्न प्रकारका स्टाइलिस र ट्रेन्डका सामानहरू उपलब्ध छन् । जुन तपाईको भान्साको सजावट र बजेटअनुसार छनोट गर्न सक्नुहुन्छ ।

मिनी किचेन गार्डेन बनाउनुहोस्

भान्सामा कतै खाली ठाउँ छ भने त्यो ठाउँलाई सदुपयोग गरी एउटा मिनी किचन गार्डेन बनाउनुहोस् । जसमा पुदिना, हरियो धनियाँ, तुलसी र साना साना जडीबुटीका बिरुवाहरू रोप्न सक्नुहुन्छ । यसले भान्सा कोठालाई सुन्दर बनाउन मद्दत गर्छ ।

डाइनिंग टेबल राख्नुहोस्

डाइनिंग टेबल घरको मुख्य केन्द्र हो । जहाँ घरका सबै सदस्यहरू मिलेर खाना खाँदै एक–अर्कासँग कुराकानी गरेर समय बिताउँछन् । त्यसैले, ठाउँअनुसार भान्साकोठालाई डाइनिंग टेबलले सजाउनुहोस् ।

मिनी फुडस्टोर बनाउनुहोस्

हाम्रो भान्साकोठा खानाको भण्डारविना अपूरो हुन्छ । तसर्थ, आफ्नो भान्सा कोठामा एउटा सानो स्टोर रुम बनाउनुहोस् । जहाँ खाना पकाउने सबै आवश्यक वस्तुहरू (नुन, तेल, मसला, अन्न आदि) लाई व्यवस्थित तरिकाले राख्नुहोस् ।

रंगीन भाँडाहरूले सजाउनुहोस्

हाम्रो घरमा प्रायः पुरानो भाँडाहरू हुन्छ । जसले गर्दा किचनमा त्यति राम्रो देखिँदैन । तसर्थ, नयाँ र रंगीन थाल, प्लेट, कप आदिहरू राख्नुहोस् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



...
创建Binance账户

I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

Latest










Popular
Suggested