English

परीक्षाको विरोध गर्न उक्साएको आरोपमा कलाकार फाटक पक्राउ



भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन्। ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी विकासलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार प्रहरीले विद्यार्थीहरूलाई अफ लाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई पक्राउ गरेको हो।

एक भिडियोमा उनले कक्षा १० र १२ का विद्यार्थीहरू अफ लाइन परीक्षाविरुद्धमा विद्रोह गर्नुपर्ने उनले बताएका थिए। त्यसपछि विद्यार्थीहरूले मुम्बई र नागपुरमा विरोध प्रदर्शन गरेका थिए।

विकासलाई धारावी प्रहरीले पक्राउ गरेको हो। विकाससँगै पक्राउ परेका अन्यविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ। प्रहरीका अनुसार विकासले विद्यार्थीलाई उक्साउने भिडियो इन्स्टाग्राममा अपलोड गरेका थिए।

उनीहरूलाई आइपीसीको धाराअनुसार महाराष्ट्र प्रहरी अधिनियम, आपदा प्रवद्र्धन अधिनियम र महाराष्ट्र सम्पत्तिको विरुपणको रोकथाम अधिनियमअनुसार प्राथमिकी दर्ता गरिएको छ।

विकास यसअघि पनि कोभिड प्रतिबन्धसम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए। किनकी उनले विरोध प्रदर्शनका लागि शिवाजी पार्क पुग्न एक एम्बुलेन्सको प्रयोग गरेका थिए।

यो पनि

लडेर पूर्वमिस अमेरिका क्रिस्टको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested