English

नेपालमा घट्दै कोरोना संक्रमण



नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २ सय ६७ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ६ सय ७४ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा १ हजार ४ सय ४, भक्तपुरमा १ सय ९५ र ललितपुरमा ३ सय ८ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७ सय ५२ पुगेको छ ।

नेपालमा हाल ७४ हजार ६ सय ५३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा ७३ हजार १ सय ७८ जना संक्रमित होम आइसोलेसन र १ हजार ४ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, २ सय ७९ संक्रमितको आईसीयु र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested