English

विद्यार्थीलाई बिहीबारबाट फाइजरको दोस्रो डोज



ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट कोभिड-१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज लगाउन पाउने भएका छन्। यसअघि फाइजरको पहिलो डोज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डोज दिइन लागिएको हो।

खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खोप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए। उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ।

२८ पुसमा खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ। २९ पुसमा खोप लगाएकालाई २३ माघमा वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकिएको छ।

३० पुसमा खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ। २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकेको छ।

यो पनि

के खाँदा प्रोटिन पाइन्छ ? जान्नुहोस्

चित्त एकाग्रताका लागि प्राणायाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested