English

टाटा समूहको वेब सिरिज तयारी



भारतको टाटा समूह विश्वकै सबैभन्दा ठूलो कारोबारी घरानामा पर्दछ। जमशेदजी टाटाले टाटा समूह सुरुवात गरेका थिए र आज यो समूह विश्वकै सबैभन्दा ठूलो व्यापारिक समूहमध्ये एकमा पर्दछ। भनिन्छ, जमशेदजीले मात्र २१ हजार रूपैयाँमा जुन टाटा समूहको सुरुवात गरेका थिए, आज उनको कम्पनीको टर्नओभर कैयौं लाख करोडमा पर्दछ।

यति ठूलो कम्पनीको इतिहास दुई सय वर्ष पुरानो छ र यहाँसम्म पुग्नका लागि यसका कैयौं प्रेरक कथा छन्। जसलाई अब दर्शकमाझ वेब सिरिजको रुपमा ल्याउने योजना बनिरहेको छ। अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउने घोषणा गरेको छ।

इरोटिक शो ‘मस्तराम’ बनाएको प्रोडक्सन कम्पनी अलमाइटी मोसन पिक्चरले टाटा समूहमाथि वेब सिरिज बनाउनका लागि हालै पत्रकार गिरीश कुबेरको किताब ‘द टाटाजः हाउ ए फेमिली ब्युल्ट ए बिजनेस एण्ड ए नेसन’को अधिकार किनिसकेको छ।

अलमाइटी मोशन पिक्चरकी प्रमुख प्रभलीन कौर सन्धुले आफूसँग पुस्तकको अधिकार रहेकाले वेब सिरिजलाई न्यूनतम ३ सीजन बनाउने योजना रहेको बताइन्। उनका अनुसार शोले केवल रतन टाटाको नभई उनको वंशजहरूको जिन्दगीको पर्दालाई दर्शकमाझ देखाउनेछ।

सिरिजमा टाटा परिवारले कसरी यति ठूलो कारोबारी साम्राज्य तयार पार्यो भन्ने मात्र देखाइने छैन, टाटा परिवारले देश निर्माणमा कसरी योगदान दियो भन्ने कुरालाई पनि प्रस्तुत गरिनेछ।

सिरिजको पहिलो सिजनको सुटिङ आगामी ७ महिना पछि सुरु गर्नेछ। हाल यसको प्री-प्रोडक्सनको काम सुरु गरिएको छ। स्क्रिप्टसँगै अनुसन्धानको काम एकसाथ भइरहेको छ।

यो पनि

डिप्रेसन हुँदा यसो गर्थे कपिल शर्मा !

यी अभिनेत्री जसले लगाउँछन् हजारौं मूल्यका बिकिनी, कसको कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

Latest










Popular
Suggested