English

‘शंका’ फिल्म सार्वजनिक



अमेरिकामा रहेर फिल्म, भिडियो निर्माण तथा निर्देशनमा सक्रिय सुमन दाहालको निर्देशनमा अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ सार्वजनिक गरिएको छ। यो सर्ट फिल्म सम्राट क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

फिल्मकोे छायांकन अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यसका आसपासका क्षेत्रमा गरिएको छ। फिल्ममा चुडामणि अवस्थी, सविता चौलागाईं केसी, विष्णु डुम्रे, भुवन लोहनी, सन्दिप अर्याललगायतको अभिनय छ।

अवस्थीको कथा, अक्की शर्माको छायांकन रहेको यो फिल्ममा सन्दिप अर्यालले व्यवस्थापनको काम गरेका छन्। जसमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। रेनिश फागोको कलर र मुकेश साहको मिक्सिङ तथा एलिस कार्कीको पाश्र्व संगीत रहेको फिल्ममा सुदन डोटेल र सरोज प्याकुरेलले सबटाइटल गरेका छन्।

श्रीमान-श्रीमती बिचमा हुने शंकाले कस्तो अवस्था निम्ताउँछ भन्ने कुरा फिल्ममा समेटिएको निर्माण पक्षले जनाएको छ। ‘मन परेपछि’, ‘नो स्मोकिङ’ जस्ता फिल्म निर्देशन गरेका सुमन नेपाल चलचित्र निर्देशक समाजका पूर्वउपाध्यक्ष हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested