English

ओमिक्रोन संक्रमित बच्चाहरूको हेरचाह कसरी गर्ने ?



लगातार बढ्दै गएको कोरोना संक्रमणका बीच नवजात शिशु र साना बालबालिकाका अभिभावकको चिन्ता बढेको छ । विश्वभरका वयस्कहरूलाई बुस्टर डोज लगाइँदै गर्दा खोपको अभावमा बालबालिकाहरू भने यो भाइरसको सिकार भइरहेका छन् । अमेरिका जस्ता देशमा पनि बालबालिकालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा बालबालिकालाई यो रोगबाट कसरी जोगाउने र लक्षण देखिएमा उनीहरूको हेरचाह कसरी गर्ने भन्ने जान्न जरुरी छ ।

८० प्रतिशत केसमा ओमिक्रोनको प्रारम्भिक लक्षण रुघाखोकी देखिन्छ । यी बाहेक, १० प्रतिशतलाई कम्पन र १० प्रतिशतलाई बान्ता, पखाला र वाकवाकी जस्ता लक्षण पनि देखिएको छ ।

के ओमिक्रोनले बच्चाहरूलाई गम्भीर बिरामी बनाउन सक्छ ?

यस्ता सामान्य लक्षणबाहेक ६ महिनासम्मका बालबालिकामा पनि घाँटी दुख्ने समस्या पनि देखिएको छ । जुन घातक हुनसक्छ । यस्तो समस्या देखिएको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । ज्वरो आएको छ भने घरमै सामान्य पानीपट्टि लगाउनुपर्छ । जाडो मौसम भएको हुनाले पानीपट्टी गर्दा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

यदि, आमा संक्रमित हो भने बच्चालाई भोक लाग्दा मात्र आमाकहाँ लैजानुपर्छ । बाँकी समय अरूले हेरचाह गर्नुपर्छ । जथाभावी औषधिको प्रयोग गर्नुहुँदैन । चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

कोरोनाबाट पीडित बालबालिकाको हेरचाह कसरी गर्ने ?

बच्चामा कोरोनाको कुनै लक्षण नदेखिएमा उपचारको आवश्यकता पर्दैन । बच्चालाई सात दिनसम्म आइसोलेसन गरेर कोभिड प्रोटोकल पालना गराउनुपर्छ । तर, बच्चामा कोरोनाको लक्षण देखिएमा यी कुराहरूमा ध्यान दिनुपर्छ ।

– चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुहोस्
– निर्जलीकरणबाट बच्न पानी, नरिवलको पानी, जुस र सुप दिनुहोस्
– १०२ डिग्रीभन्दा बढी ज्वरो आएमा सामान्य पानी पट्टी गर्नुहोस्
– समय समयमा अक्सिजन स्तर नाप्नुहोस्
– बच्चाहरूलाई राम्ररी हावा चल्ने कोठा र राम्रो हावा चल्ने ठाउँमा राख्नुहोस् ।
– बच्चाहरूलाई घाँटी दुखेको छ भने नुन पानीले कुल्ला गराउनुहोस् ।
– प्रोटिन र अन्य पोषणयुक्त खाना खुवाउनुहोस् ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested