English

किन हटाइयो सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली ?



काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली आजबाट हटेको छ। सार्वजनिक यातायातका सवारीसाधनमा जोर-बिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोर-बिजोर प्रणाली कायमै राखिएको छ।

उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले आज शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्। कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश जारी गरेको छ।

विश्वविद्यालय, विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन नगर्ने आदेशलाई माघ मसान्तसम्म लम्ब्याइएको छ। कोरोना संक्रमणदर बढेको भन्दै ७ माघदेखि उपत्यकामा अत्यावश्यक सेवाबाहेकका सवारीसाधनमा जोर-बिजोर कायम गरिएको थियो।

पुस अन्तिम साताबाट बन्द विद्यालय, कलेज, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान माघ मसान्तसम्म खुल्ने छैनन्। यसअघि १५ माघसम्मका लागि भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएकोमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को सिफारिसमा माघ मसान्तसम्मका लागि रोक लगाइएको हो।

यो पनि

ट्याक्सी र निजीबाहेक सवारी साधनमा जोर–बिजोर हटाउने निर्णय (आदेशसहित)



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested