English

टन्सिल भएमा घरमै गर्नुहोस् यसरी उपचार



रुघाखोकी तथा टन्सिलको समस्या धेरैलाई देखिने स्वास्थ्य समस्यामध्ये एक हो । मौसम परिवर्तनको कारणले धेरैजसोमा टन्सिलको समस्या देखिन्छ । घाँटीको भित्रपट्टि भागमा ब्याक्टेरियल इन्फेक्सन हुनुलाई टन्सिल भन्छ । खानपानमा ख्याल गरिएन भने यसको समस्या बढ्न सक्छ ।

कोरोनाको तेस्रो लहरमा घाँटी तथा टन्सिलको समस्या बढी देखिएकोले हामीले होम आइसोलेसनमा बस्दा केही कुरामा ध्यान दियौँ भने घरमै यसको निवारण गर्न सकिन्छ ।

हाम्रो जिब्रोको ठीक पछाडि हुने छोटो दुई अङ्गलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्छ । तर, यसमा इन्फेक्सन भएको खण्डमा खान पिउनसमेत समस्या हुन सक्छ । त्यसैले, यसको उपचार समयमा नै गर्नुपर्ने हुन्छ । अहिले कोरोनाको तेस्रो लहरमा घाँटी तथा टन्सिलको समस्या बढी देखिएकोले हामीले होम आइसोलेसनमा बस्दा केही कुरामा ध्यान दियौँ भने घरमै यसको निवारण गर्न सकिन्छ ।

नुन तथा बेसार पानीले कुल्ला गर्ने

टन्सिल हुँदा तातो पानीमा नुन तथा बेसार मिसाएर कुल्ला गर्नु एकदमै प्रभावकारी उपाय हो । दिनमा तीनदेखि चारपटक मनतातो पानीमा नुन तथा बेसार मिसाएर कुल्ला गर्नाले टन्सिल सुन्निन कम हुन्छ र दुखाइ पनि कम हुन्छ ।

बेसार पानी पिउने

बेसारलाई नेचुरल पेन किलरको रूपमा लिइन्छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुका साथै अन्य इन्फेक्सनबाट पनि बचाउँछ । त्यसैले, बेसार पानी पकाएर पिउने तथा कुल्ला गर्नाले टन्सिलको समस्यामा धेरै लाभदायक हुन्छ ।

प्रशस्त मात्रामा मनतातो पानी पिउने

प्रशस्त मात्रामा मनतातो पानी पिउनाले पनि टन्सिलमा राहत मिल्छ । यसको साथै शरीरमा पानीको कमी पनि हुन पाउँदैन ।

सुठो, मरिच र पिपल्ला

सुठो मरिच र पिपला पिनेर त्यसको धूलो एक ग्राम दिनको तीनपटक खाँदा एकदमै फाइदा हुन्छ । यसको सेवनले टन्सिलको समस्यालाई छिटो निको पार्न सहयोग गर्छ ।

खानपानमा ध्यान दिने

माछा मासु तथा धेरै मसला प्रयोग भएको खानेकुराहरू खाँदा समस्या झन् बढ्न सक्छ । त्यसैले, सामान्य दाल भात तरकारी तथा सुप गेडागुडीको झोल खानुपर्छ । तर, धेरै चिसो तथा फ्रिजमा राखेको खानेकुरा खानु हुँदैन ।

तुलसी

तुलसी बहुगुणी वनस्पति हो । टन्सिल भएको अवस्थामा तुलसी पानी पकाएर खाँदा तथा तुलसीको पात चपाउँदा धेरै राहत मिल्छ । यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।

यो पनि…
यस्ता आहारले गराउँछ तनावबाट मुक्त
यी बानीले हुन दिँदैन ‘हर्टअट्याक’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested