English

टन्सिलबाट बच्न के गर्ने ?



टन्सिलको समस्या सबै उमेर समूहलाई हुनसक्छ । घाँटीको संक्रमणले गर्दा कहिले कहीँ टन्सिल सुन्निने र पाक्ने गर्छ । यस्तो स्थितिलाई टन्सिलाइटिस् भनिन्छ । त्यसो त टन्सिलका लक्षणहरु के–के हुन् ? यसबाट कसरी बच्न सकिन्छ भन्ने बारे नाक, कान, घाँटी सर्जन प्रा.डा. दीपेन्द्र श्रेष्ठको सुझाव यस्तो छ :

के हो टन्सिल ?

जनमानसमा घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने धारणा हुन्छ, जुन गलत हो । घाँटी दुख्नुका अनेक कारण हुन्छन् । टन्सिल भनेको एउटा लिम्फ्लियो टिस्यु हो । जसमा शरीरले उत्पादन गर्ने तत्वहरु हुने गर्दछन्, जुन स–साना ग्लान्ड्सहरु रहेको हुन्छन्, आँ गर्दा जिब्रोका दुवैतर्फ देखिने त्यस्ता डल्लालाई टन्सिल भनिन्छ ।
टन्सिलमा हुने इन्फेक्सनले घाँटी दुख्छ, जसलाई टन्सिलाइटिस भनिन्छ । साधारणतया टन्सिलमा सिलिभर इन्फेक्सन, ब्याक्टेरियल इन्फेक्सन भयो भने ज्वरो आउने, खाना निल्दा दुख्नेजस्ता समस्या हुने गर्छन् । यसको समयमा नै उपचार भएन भने यसले मुटुमा समस्या समेत हुन सक्छ ।

लक्षण

– घाँटी दुख्नु
– घाँटीको ग्रन्थी सुन्निनु
– ज्वरो आउनु
– खाना/थुक निल्दा अप्ठ्यारो हुनु
– श्वास गन्हाउनु

बच्ने उपाय

– धेरै चिसो, चिल्लो तथा पिरो खानेकुरा नखाने
– दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने ।
– झोलिलो खानेकुरा पर्याप्त सेवन गर्ने ।
– धुवाँ धुलो आदिबाट जोगिने ।
– अलि–अलि घाँटी दुख्यो भन्दैमा वा टन्सिल भयो भन्दैमा एन्टिबायोटिक खाइहाल्नुपर्ने हुँदैन ।
– एक–दुई दिन ज्वरो बढ्दै गएको, टन्सिल बढ्दै गएको छ भने चिकित्सकलाई देखाएर औषधि खानुपर्ने हुन्छ ।
– पटक–पटक टन्सिलको समस्या बल्झिरह्यो भने चिकित्सकको सल्लाह अनुसार यसको शल्यक्रिया गर्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले