English

स्वास्थ्यका मापदण्ड उल्लंघन, मालपोत, नापी, आन्तरिक राजश्व र यातायात कार्यालयमा भीड



नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणको दर वृद्धि हुन थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेले बिहीबार (५ माघ) आकस्मिक छड्के जाँच गरेको छ।

जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका संयोजकसमेत रहेका बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जिल्लामा संक्रमण दर क्रमिक रूपले उकालो लाग्न थालेपछि अत्यधिक जनसम्पर्क हुने कार्यालयमा आकस्मिक छड्के सुरु गरिएको जानकारी दिए।

उनले भने, ‘पछिल्लो साता यता संक्रमणको दर क्रमशः वृद्धि हुँदै आएकोले अत्यधिक जनसम्पर्क र भीडभाड हुने ठाउँमा स्वास्थ्यका मापदण्ड पालना भए नभएको मास्क, स्यानिटाइजर जस्ता सामाग्रीको प्रयोग भए, नभएको अनुगमनका क्रममा हेरिएको छ।’

उनले बाँकेको मालपोत कार्यालय, नापी कार्यालय, आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयको आकस्मिक छड्के गरिएको तथा मास्क नलगाउनेलाई चेतावनीसहित मास्क लगाउन निर्देशन दिइएको बताए।

उनले संक्रमणबाट जोगिनको लागि स्वास्थ्यका मापदण्ड कडा पार्ने योजना केन्द्रको रहेको बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested