English

मन मिल्ने साथीसँग घुम्दा रमाइलो हुन्छ



अभिनेत्री वर्षा शिवाकोटीको घुमघाममा निकै रुचि छ । फुर्सद हुने बित्तिकै उनले देश तथा विदेशका घुमघाम योजना बनाइहाल्छिन् । भर्खरै दुबईको घुमघाम सकेर फर्किएकी शिवाकोटीले १८ वटा देश घुमिसकेकी छिन् । नेपालमा पनि उनी पुग्न थोरैमात्र ठाउँ बाँकी छन् । तिनै घुमन्ते अभिनेत्रीसँग मेरोलाइफस्टाइलले गरेको घुमघाम वार्ता:

अहिलेसम्म कति ठाउँ घुम्नु भयो ?

नेपालका अधिकांश ठाउँ पुगिसकेकी छु । नेपालबाहिर १८ वटा देश घुमिसकेँ ।

तपाईंको घुमघाम गन्तव्य कहाँ–कहाँ हुन् ?

मेरो घुमघामका गन्तव्यहरू विशेषगरी नपुगेका ठाउँहरू हुन्छन् । तर, गइरहन मन लाग्ने ठाउँ चाहिँ धरान हो ।

घुमघामका लागि कसरी समय मिलाउनुहुन्छ ?

फुर्सद हुने बित्तिकै मेरो घुमघाम योजना बनिहाल्छ ।

अहिलेसम्मको अविस्मरणीय घुमघाम कहाँको हो ?

पहिलोपटक मुस्ताङ गएर फर्किने बेलामा गाडी दुर्घटना भएको थियो । त्यसपछि मुस्ताङ कहिल्यै जान्न भनेर फर्किएकी थिएँ । तर, वर्षमा २ पटक जानु परेको छ ।

घुमघामको योजना कसरी बनाउनु हुन्छ ?

मेरो फुर्सद भएपछि घुम्न जान मन लाग्यो भने नजिकका मान्छेसँग सल्लाह गर्छु । आफूलाई जो कन्फर्टेबल हुन्छ, उसैसँग जान्छु । तर, धेरैजसो परिवारसँग घुम्न जान्छु ।

घुमघाम गर्दा के–के बोक्नुहुन्छ ?

म घुम्न निस्कँदा एक सेट घर नै बोक्नुपर्छ । मलाई घरमा जे–जे चाहिन्छ, त्यसको मिनी भर्सन बोक्नुपर्छ ।

अरुलाई घुम्न जान कुन–कुन ठाउँ सिफारिस गर्नुहुन्छ ?

मनाङ, मुस्ताङ, हेटौंडा, बन्दीपुर, पोखरा जत्तिको रमाइलो त कहाँ होला र ।

घुमघामलाई रमाइलो कसरी बनाउन सकिन्छ ?

घुम्न जाने साथी को छ, त्यसमा भर पर्छ । जे कुरामा पनि कम्प्लेन गर्ने साथी भयो भने बोरिङ हुन्छ । त्यसैले मन मिल्ने सबै कुरालाई सामान्य रूपमा लिने साथी भयो भने जस्तोसुकै ठाउँमा पुग्दा पनि रमाइलो हुन्छ ।

घुम्न मन लागेको तर जान नसकेको ठाउँ कुन–कुन हुन् ?

रारा ताल, सोलुखुम्बुको नाम्चे बजार, लमजुङको बेसीसहर जाने ठूलो इच्छा छ तर जान सकेको छैन ।

नेपालमा घुमघामलाई प्रवर्द्धन गर्न के–के गर्नुपर्ला ?

पहिलो कुरा त सडकलाई नै सुधार्न जरुरी छ । नेपालमा घुम्नलायक ठाउँहरू धेरै छन् । तर, सडक अभावमा ती ठाउँमा धेरै मानिस पुग्न सकिरहेको छैनन् । त्यसैले सडक सुधार गरी नेपालका पर्यटकीय स्थल चिनाउने हो भने यहाँ घुमघामलाई प्रवर्द्धन गर्न कुनै गाह्रो नपर्ला ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested