English

जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई (फोटो फिचर)



जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका-५ का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।

‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन’ उनले भने, ‘यतिबेलाको समयमा स्याउको स्यार नगरे गुणस्तर फल दिँदैन । रोग समेत लाग्ने डर हुन्छ ।’

जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ । उनले आफ्नो बगैँचामा तीन हजार २०० स्याउका बिरुवा लगाएका छन् । यस पटक १० टन जति स्याउ उत्पादन भएको थियो ।

धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।’

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।’

यति बेला बगैँचा व्यवस्थापन मात्र नभई स्याउका गुणस्तर बिरुवा किनेर बगैंचा लगाउने समय हो । बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् ।

खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने , ‘एक एक मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।’

उनका अनुसार स्याउको बगैंचा व्यवस्थापन गर्ने समय भएकाले कृषि प्राविधिकहरू गाउँगाउँका गएका छन । नयाँ बिरुवा लगाउने किसानका लागि गुणस्तरीय बिरुवाको पहल भइरहेको छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरूको भनाइ छ ।

त्यस्तै जुम्लामा यस वर्ष छ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष एक प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ ।

यो पनि
माघे संक्रान्तिको बहुआयामिक विशेषता
एक बिहान लावण्य देशमा…(फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested