English

जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई (फोटो फिचर)



जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका-५ का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए ।

‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन’ उनले भने, ‘यतिबेलाको समयमा स्याउको स्यार नगरे गुणस्तर फल दिँदैन । रोग समेत लाग्ने डर हुन्छ ।’

जसका कारण समयमै स्याउ काँटछाट गर्न लागेको उनको भनाइ छ । उनले आफ्नो बगैँचामा तीन हजार २०० स्याउका बिरुवा लगाएका छन् । यस पटक १० टन जति स्याउ उत्पादन भएको थियो ।

धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।’

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैंचा काँटछाट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्राविधिक कृष्ण कठायतले बताए । उनले भने, ‘जुम्लाको स्याउलाई गुणस्तरीय बनाउन आवश्यक छ ।’

यति बेला बगैँचा व्यवस्थापन मात्र नभई स्याउका गुणस्तर बिरुवा किनेर बगैंचा लगाउने समय हो । बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन् ।

खाडल खन्दा एउटादेखि अर्को स्याउको बिरुवासम्म छ मिटरको दूरी आवश्यक हुने कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेश अधिकारीले बताए । उनले भने , ‘एक एक मिटर लम्बाई, चौडाई र गहिराइको खाडल खनेर सबैभन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नुपर्ने हुन्छ ।’

उनका अनुसार स्याउको बगैंचा व्यवस्थापन गर्ने समय भएकाले कृषि प्राविधिकहरू गाउँगाउँका गएका छन । नयाँ बिरुवा लगाउने किसानका लागि गुणस्तरीय बिरुवाको पहल भइरहेको छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैँचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि प्राविधिकहरूको भनाइ छ ।

त्यस्तै जुम्लामा यस वर्ष छ हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष एक प्रतिशत घटेको छ । कार्यालय प्रमुख गणेश अधिकारीका अनुसार यस वर्ष ६ हजार १६० मेट्रिक टन स्याउ जुम्लामा फलेको छ ।

यो पनि
माघे संक्रान्तिको बहुआयामिक विशेषता
एक बिहान लावण्य देशमा…(फोटो फिचर)



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested