English

पक्की कुलो शिलान्यासपछि किसान हर्षित



उदयपुरको चौदण्डीगढीमा कृषकका समस्यालाई समाधान गर्न ५७ लाखको कूलो सिंचाइको शिलान्यास भएको छ। चौदण्डीगढी नगरपालिका-४ बसाहास्थित तीन दोभानने मुनी पहरेखोला जलस्रोत कूलो सिंचाइको शिलान्यास मेयर खगेन्द्र राईले गरेका हुन्।

नगरपालिका, प्रदेश सरकार र संघ सरकारको २०/२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४ सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात् २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रमअन्तर्गत स्वीज सरकारको लगानी गरेको हो।

सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो। बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कूलोको रुपमा चिनिएको उक्त सिंचाइ कूलोको लम्बाई १९ सय मिटरमध्ये १३ सय मटिरमात्र पक्की ढलान हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ।

४० सेन्टिमिटर उचाइ रहने कुलोको चौडाई ५० सेन्टिमिटर रहने इञ्जिनियर सन्तोष शाहले जानकारी दिए। मेयर राईले ६५ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको बताए। कृषि पेशालाई सम्मान गर्न हिच्किचाएको हाम्रो नेपाली समाज भविष्यको लागि चिन्ताजनक रहेको उनको धारणा थियो।

तीनदोभाने पहरेखोलाको मुहान थापिएको खोला बाह्रैमास पानी बगिरहने खोला हो। उक्त कुलोले बसाहाका १ सय ७० घरपरिवार लाभान्वित हुने बताइएको छ। पक्की कुलो निर्माणको शिलान्यास भएपछि स्थानीय हर्षित भएका छन्। स्थानीय किसान खगेन्द्र शाह भन्छन्, ‘अब खेतबारी बाँझो नुहुने भयो। धेरै अन्नबाली उब्जाउँछौंं। हर्षित छौं।’ सांकेतिक तस्बिर



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested