English

एउटै गाउँबाट साढे दुई करोडको सुन्तला बिक्री



बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष चार लाख ५० हजार रूपैयाँ हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातायात खर्च घटाउँदा उनले रु चार लाख बचत गरे ।

सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला बगैँचा अनन्त खड्काको छ । खड्काको बगैँचामा २०० सुन्तलाका बोटले उत्पादन दिइराखेको छ । उनले सुन्तलाको बढी मूल्य लिन पोखरा लगेर बिक्री गरेको बताए । ‘सुन्तला बोटबाटै बिक्री गर्दा प्रतिकिलो ६० देखि ६५ रूपैयाँसम्म पर्छ, पोखरा लगेपछि १ सय २० रूपैयाँसम्ममा बिक्री गरेको छु्’, खड्काले भने-‘यसपटक गत वर्षभन्दा रु एक लाख बढी आम्दानी गर्ने योजना सफल भयो, टिप्ने बेलामा केही औसा किराले झारेका कारण केही समस्या भयो ।’ खड्काले बगैँचा सुधार र मलजलमा ध्यान दिने हो भने सुन्तला उत्पादनमा वृद्धि हुने अनुभव सुनाए ।’

यस्तै, सिगानाकै अर्का किसान रामबहादुर खड्काले यस वर्ष बोटबाटै दुई लाख रूपैयाँको सुन्तला बिक्री गरेका छन् । उनले गत वर्षको तुलनामा औंसा किराको प्रभावले केही कम उत्पादन भएको बताए-‘गत वर्ष रु साढे दुई लाख हात परेको थियो, नयाँ उत्पादन दिने बिरुवासहित यस वर्ष रु तीन लाख हात पार्ने लक्ष्य हो, तर औंसा किरा र वर्षातको समयमा फूल झर्दा रु दुई लाखको मात्रै सुन्तला उत्पादन भएको छ”, खड्काले भने ।

खड्काजस्ता सिगानमा १०० भन्दा बढी किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका छन् । उनीहरूले यस वर्ष झण्डै रु साढे दुई करोडको सुन्तला बागलुङ बजार, पोखरा र चितवनको बजारमा बिक्री गरेका छन् । सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सिगानामा प्रतिवर्ष सुन्तला उत्पादनमा क्रमशः वृद्धि हुँदै आएको बागलुङ नगरपालिका–८ का वडाध्यक्ष राजन जिसीले जानकारी दिए ।

‘सिगानामा पछिल्लो पाँच वर्षमा झण्डै ३० हजार सुन्तलाका बिरुवा थप भएका छन्’, वडाध्यक्ष जिसीले भने- ‘बागलुङ नगरपालिकाले उब्जनी अनुदानवापत यो आर्थिक वर्षमा सिगानाका किसनाले रु ६ लाख अनुदानसमेत पाएका छन्, नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सिगानामा वार्षिक रु पाँच करोडको सुन्तला निर्यात गर्ने हाम्रो लक्ष्य हो, यस वर्ष रु साढे दुई करोड रकम सुन्तला बिक्री गरेर सिगानाका किसानले भित्र्याएका छन् ।” खेतीपाती मासेर सुन्तला लगाउँदा किसानले सुन्तला फलाउन कम्तीमा पाँच वर्ष लाग्ने भएकाले नगरपालिकाले सुन्तलाको रोपनीका आधारमा उब्जनी अनुदान दिँदै आएको छ ।

यो पनि…
थारू महिलाको आम्दानी : हस्तकलाका सामग्री
खुदोको पहिचान फर्काउन जुर्मुराए स्थानीय




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

नेपाल सरकारले सोमबार चितवन राष्ट्रिय निकुञ्जमा आयोजित उद्घाटन समारोहमार्फत पाँचौ राष्ट्रिय बाघ सर्वेक्षण औपचारिक रूपमा सुरु गरेको छ। सर्वेक्षण चितवन–पर्सा

Latest










Popular
Suggested