English

होलीमा स्टायलिस र ट्रेन्डी कसरी देखिने ?



होली रङको पर्व हो । यो दिन एकापसमा भाइचारा साट्ने, मिलेर होली खेलिन्छ । रङको यो पर्वमा आफ्नो परिवार तथा साथीभाईहरूसँग मिलेर होली खेल्न मिठाई, कपडा तथा अन्य कुराहरू किन्ने तयारी गर्नतिर लाग्छौ । यो दिन सबैलाई आफू अरुभन्दा अलि फरक र स्टाइलिस देखियोस् भन्ने चाहना हुन्छ । होलीमा अरुभन्दा अलग कसरी देखिने त ?

परम्परागत लुक

पटियाला कुर्ता सुरुवाल होलीमा महिलाहरूको लागि राम्रो छनोट हुन सक्छ । यो लुकले तपाईंलाई आरामदायी महसुस हुनेछ । यसको साथसाथै परम्परागत र आकर्षक देखाउने छ ।

होलीको रङबाट छालाको साथसाथै कपालको पनि सुरक्षामा ध्यान दिनुपर्छ । यस्तोमा कपाललाई कलरबाट बचाउन, कपाल बाँध्न र क्यापको प्रयोग गर्न सक्नु हुन्छ ।

आँखाको विशेष ख्याल राख्नुपर्छ

आजभोलि रङमा विभिन्न हानिकारक केमिकलको प्रयोग भएको हुन्छ, जुन आँखाको लागि हानिकारक हुन सक्छ । त्यसैले आँखालाई रङबाट जोगाउन तपाई कलरचेन्ज चश्माको प्रयोग गर्न सक्नुहुन्छ । यसले तपाईंलाई स्टाइलिस पनि देखाउनेछ । आँखामा लेन्सको प्रयोग गर्नु भएको छ भने आइड्रपको प्रयोग गर्नु राम्रो । चश्माको कलर सफा गर्न भने तातो पानीको प्रयोग गर्नु वेश हुन्छ ।

आकर्षक फुटवेयरको छनोट

होलीको लुगासँग मिल्ने जुत्ताको छनोट गर्नु बुद्धिमानी हुन्छ । किनकी होली खेल्दा तपाईंले अनिवार्य पानीको प्रयोग गर्नु भएको हुन्छ, जसले गर्दा चिप्लिएर लड्ने सम्भावना धेरै हुन्छ । त्यसैले पानीमा नचिप्लिने जुत्ता लगाउनुपर्छ ।

होलीमा ग्राफिक टिसर्ट पुरुषहरूको लागि सबैभन्दा राम्रो विकल्प हुन सक्छ ।

कपालको सुरक्षामा पनि दिनुहोस् ध्यान

होलीको रङबाट छालाको साथसाथै कपालको पनि सुरक्षामा ध्यान दिनुपर्छ । यस्तोमा कपाललाई कलरबाट बचाउन, कपाल बाँध्न र क्यापको प्रयोग गर्न सक्नु हुन्छ । कपाललाई सुरक्षित राख्न नरिवलको तेलको प्रयोग पनि गर्न सक्नु हुन्छ ।

पुरुषहरूको लागि गार्फिक टिसर्ट

पुरुषहरूको लागि होलीमा कटनको टिसर्ट, सर्ट र कमिज आरामदायी हुन सक्छ । यस्तो कपडा भिजेको छ भने पनि छिटो सुक्छ । होलीमा ग्राफिक टिसर्ट पुरुषहरूको लागि सबैभन्दा राम्रो विकल्प हुन सक्छ । यसले तपाईंलाई स्मार्ट र ट्रेन्डी लुक दिन सक्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested