English

नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु



याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी सहरस्थित उक्त क्षेत्रमा भएको आगलागीमा परी आठ जना घाइते भएका छन् । नाइट क्लबमा राखिएको पटाका पड्किँदा आगो लागेको हो । पटाकाबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । 

घटनाबारे सरकारले अनुसन्धान शुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।

आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो । 

यो पनि

टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय
अमेरिकाले दियो युक्रेन दूतावासका कर्मचारीलाई देश छोड्न निर्देशन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested