English

राष्ट्रियसभा निर्वाचन : मौन अवधिमा के-के गर्न पाइँदैन ?



राष्ट्रियसभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएको छ। उनका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ।

निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ।

१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ। आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ। सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested