English

कोभिड-१९ नियन्त्रण गर्न प्रशासनले जारी गरेको आदेश टेर्दैनन् मन्त्री



कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको आदेशको प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन्। जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले २९ पुस र ४ माघमा आदेश जारी गरेको थियो।

आदेशको पहिलो बुँदामा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ महिना सम्म सञ्चालन नगर्ने’ उल्लेख गरिएको छ। कार्यक्रम गर्न परे पनि एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना सहभागी हुने गरी सञ्चालन गर्न पाउने आदेश जारी भएको थियो। तर,जनप्रतिनिधिले नै उल्लंघन गरे पनि प्रशासन मौन छ।

प्रशासन कार्यालयबाट २९ बुँदे आदेश जारी भए पनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार योजना विकासमन्त्री सहसराम यादव प्रमुख अतिथि भई माघी तथा खिचडी महोत्सवमा सहभागी भएका थिए। कोरोनाको कारण जिल्लाका धेरै माघी महोत्सव रोकिए पनि सयौँको भिडमा मास्क नलगाई प्रदेश मन्त्री नै सहभागी भएका थिए।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि आदेश उल्लंघन गरी कार्यक्रम सञ्चालन भएको छ। मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले प्रशासनको आदेश उल्लंगन गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरे। जनता समाजवादी पार्टी कपिलवस्तु जिल्ला अध्यक्षले शैलेन्द्र यादवले मायादेवी गाउँपालिका अध्यक्ष चौधरीले भिडभाड जम्मा गरी ब्याटिङ गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन्।

मायादेवी गाउँपालिका-८ गुलरीमा जनसेवा समाजद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगिता वडा कार्यालयको सहयोगबाट सञ्चालनमा छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार मायादेवी गाउँपालिकामा मात्र १० जनालाई कोरोना देखिएको छ। पालिकामा परीक्षण गर्ने व्यवस्था नभएकाले स्थानीय कोरोना परीक्षणका लागि कपिलवस्तु अस्पताल पुग्छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested