English

कोभिड-१९ नियन्त्रण गर्न प्रशासनले जारी गरेको आदेश टेर्दैनन् मन्त्री



कोभिड-१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको आदेशको प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन्। जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले २९ पुस र ४ माघमा आदेश जारी गरेको थियो।

आदेशको पहिलो बुँदामा सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला, धेरै मानिस भेला हुने क्रियाकलाप २०७८ माघ महिना सम्म सञ्चालन नगर्ने’ उल्लेख गरिएको छ। कार्यक्रम गर्न परे पनि एन्टिजिन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना सहभागी हुने गरी सञ्चालन गर्न पाउने आदेश जारी भएको थियो। तर,जनप्रतिनिधिले नै उल्लंघन गरे पनि प्रशासन मौन छ।

प्रशासन कार्यालयबाट २९ बुँदे आदेश जारी भए पनि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार योजना विकासमन्त्री सहसराम यादव प्रमुख अतिथि भई माघी तथा खिचडी महोत्सवमा सहभागी भएका थिए। कोरोनाको कारण जिल्लाका धेरै माघी महोत्सव रोकिए पनि सयौँको भिडमा मास्क नलगाई प्रदेश मन्त्री नै सहभागी भएका थिए।

कपिलवस्तुको मायादेवी गाउँपालिकामा पनि आदेश उल्लंघन गरी कार्यक्रम सञ्चालन भएको छ। मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले प्रशासनको आदेश उल्लंगन गर्दै खेलकुद प्रतियोगिताको उद्घाटन गरे। जनता समाजवादी पार्टी कपिलवस्तु जिल्ला अध्यक्षले शैलेन्द्र यादवले मायादेवी गाउँपालिका अध्यक्ष चौधरीले भिडभाड जम्मा गरी ब्याटिङ गरेको फोटो र भिडियो सार्वजनिक गरेका छन्।

मायादेवी गाउँपालिका-८ गुलरीमा जनसेवा समाजद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगिता वडा कार्यालयको सहयोगबाट सञ्चालनमा छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्यांक अनुसार मायादेवी गाउँपालिकामा मात्र १० जनालाई कोरोना देखिएको छ। पालिकामा परीक्षण गर्ने व्यवस्था नभएकाले स्थानीय कोरोना परीक्षणका लागि कपिलवस्तु अस्पताल पुग्छन्।



सम्बन्धित खबरहरु

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक र सामाजिक संरचना एकैपटक हल्लिएको छ । यो आन्दोलन केवल युवाहरूको भावनात्मक विस्फोट होइन पुराना राजनीतिक

हरेक क्रान्ति वा आन्दोलनले एउटा सपना बाँडेको हुन्छ, सुखद् भविष्यको कल्पना गरेको हुन्छ । आम जनतामा उत्साहको लहर ल्याएको हुन्छ

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested