English

हिउँ परेपछि पर्यटन व्यवसायी उत्साहित



तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ। केही दिनदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको छ।

पूर्वी नेपालमा पर्यटकीय गन्तव्यको रुपमा परिचित तिनजुरे क्षेत्रमा तेस्रो पटक हिउँ परेको हो। हिउँ परेसँगै अत्यधिक जाडोका कारण यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ।

विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई समस्या भएको स्थानीयहरूले बताउने गरेका छन्। हिउँ परेसँगै आन्तरिक पर्यटकहरू भित्रिने क्रम बाक्लो रहेको देउरालीका छिरीङ शेर्पाले बताए।

‘यहाँका नागरिकहरूलाई जाडोले समस्या भएको छ। तर, हिउँ खेल्नका लागि पूर्वी तराईका जिल्लाहरूबाट पर्यटकहरू निकै बाक्लो आउने गरेका छन्,’ उनी भन्छन्।

सुनसरीको धरानदेखि तिनजुरेमा हिउँ खेल्न आएको शंकर राईले बताए। ‘जीवनको पहिलो अनुभव हिउँमा खेल्न पाउँदा एकदमै रमाईलो भएको छ। यसअघि आउन सकेको थिइनँ। यसपटक भने हिउँ सँगै रमाउन पाएको छु,’ उनले भने।

यसक्षेत्र खासगरी हिउँ पर्ने सिजन तथा गुराँस फुल्ने सिजनमा पर्यटक आउने गरेका छन्। चित्रे, बसन्तपुर, टुटे देउराली, आरआर गार्डेन, पाथीभारा तिनजुरे, पाँचपोखरी, मंगलबारे, चौकी गुफापोखरीलगायतका स्थानहरू हिउँले ढाकेको टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए।

उनका अनुसार हिउँ परेसँगै पर्यटकहरू साना तथा ठुला सवारीसाधान रिजर्भ गरी आउन थालेका छन्। पर्यटकहरू भित्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। विगतका वर्षहरूको तुलनामा यस वर्ष कोरोनाका कारण कमै पर्यटकहरू आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested