English

पछिल्लो २४ घण्टामा थपिए ६,४६२ संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार १३७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५ हजार ५९८ तथा एन्टिजेन विधिबाट ८ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६ सय ५५ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

यही अवधिमा थप १ हजार ४१६ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २१ हजार ६९९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७७ हजार ४० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र