English

नाल्दुम



मेरो प्रिय !
नगरकोट रिसोर्टबाट
मलाई तिम्रो काखमा लटपटिएर
भाले डाकमा उदाएको घाम हेर्नुछैन
यो नगरकोट

हाम्रो नाल्दुम नाम्सा हो,
हाम्रो आखे म्हेम्हेले महाभारत फन्को मारेर
बोकेको ढुङ्गामा कुँदेको
छ्योर्तेनको आँखा साक्षी छ

नाल्दुम मासिएपछि
कोट खोलेर आलो कोत ओसारे नाम्सामा
उत्सब मच्चाएर
नाल्दुमलाई थचक्क बसाए ।

हो प्रिय मलाई
हाम्रो म्ह्म्हेहरूको ढाडरूको चुली लाग्छ
हाम्रो दुर्सामाथिको ठाडो रिसोर्ट
हाम्रो आखे मामको हड्डी बजाए जस्तो लाग्छ

हो प्रिय मलाई
हाम्रो म्ह्म्हेहरूको ढाडरूको चुली लाग्छ
हाम्रो दुर्सामाथिको ठाडो रिसोर्ट
हाम्रो आखे मामको हड्डी बजाए जस्तो लाग्छ

आधा अँध्यारोमा नाचिरहेको डिस्को डानस
हाम्रो आस्याङको ढ्याँग्रो रोइरहे जस्तो लाग्छ
हल्लिरहेको म्युजिक कन्सर्ट
सत्य माया घुम्नु छैन मलाई नगरकोट

हेर्नुछैन मेरो नाम्सा पुरेको घाम
मलाइ यी सबै झुठबाट उठ्न
तिम्रो काँधको एक पसर साथ भए पुग्छ
हाम्रो भागको एक झुम्रो घाम भए पुग्छ ।

यो पनि…
‘एकल आमा’

एकल आमा–२
प्लीज पारमिता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested