English

राष्ट्रसंघद्वारा हवाई हमलाको निन्दा



राष्ट्रसंघले यमनमा भएको हवाई हमलाको निन्दा गरेको छ । यमनको थुना केन्द्रमा भएको हवाई हमलामा ७० जनाको मृत्यु भएको थियो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले हमलाको निन्दा गर्दै यमनमा जारी तनाब अन्त्य हुनु पर्ने बताएका छन् । सो हमला साउदी नेतृत्वको गठबन्धन समूहले गरेको अनुमान गरिएको छ । समूहले यमनमा हुथी विद्रोहीविरुद्ध सन् २०१५ देखि हमला गर्दै आएको छ । तर, गठबन्धनले सो हमलामा आफ्नो संलग्नता नभएको बताउँदै आएको छ ।

हुथी विद्रोही र साउदी गठबन्धन समूहबीच जारी युद्धमा बालबालिकासहित दशौं हजार सर्वसाधरण मारिएका छन् । युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् । खडेरीका कारण यमनका लाखौं मानिस खडेरीको चपेटामा परेका छन् ।

यो पनि
इतिहासमा आज : अमेरिकाले किनेको डेनमार्कदेखि जापानको भूकम्पसम्म
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested