English

‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



फाल्गुनन्द लिङ्देन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ। लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो।

अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, रुपा आङबुहाङ, ‘नायक’मा हेमराज आञ्छाङबो, भीम थेबे लिम्बु, नरेश बनेम मनोनयनमा परेका छन्।

त्यस्तै ‘गायिका’मा निरन्ता नेम्बाङ, मनु नेम्बाङ, मिलन नेवार, ‘गायक’मा संगम बनेम लिम्बु, सुमन लिम्बु, नरेश बनेम, ‘छायांकन’मा युवराज राई, इशक जबेगु, तिलक रिजाल मनोनयनमा परेका छन्।

राजधानीमा (माघ ७) शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्वमेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङ लगायतलाई सम्मान गरेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

Latest










Popular
Suggested