English

‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



फाल्गुनन्द लिङ्देन फिल्मस्ले आयोजना गर्दै आएको ‘एफएलएफ अवार्ड’को चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ। लिम्बु भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरेको हो।

अवार्डको प्रमुख विधाअन्तर्गत ‘निर्देशन’ विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ, लोकेन साँवा, ‘नायिका’मा लक्ष्मी योङहाङ, बबिता फोम्बो, रुपा आङबुहाङ, ‘नायक’मा हेमराज आञ्छाङबो, भीम थेबे लिम्बु, नरेश बनेम मनोनयनमा परेका छन्।

त्यस्तै ‘गायिका’मा निरन्ता नेम्बाङ, मनु नेम्बाङ, मिलन नेवार, ‘गायक’मा संगम बनेम लिम्बु, सुमन लिम्बु, नरेश बनेम, ‘छायांकन’मा युवराज राई, इशक जबेगु, तिलक रिजाल मनोनयनमा परेका छन्।

राजधानीमा (माघ ७) शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्वमेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङ लगायतलाई सम्मान गरेका थिए।



सम्बन्धित खबरहरु

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल

भदौ १३ गते । केके मानन्धर ।लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले

Latest










Popular
Suggested