English

स्वास्थ्यकर्मीले बुझाए प्रधानमन्त्रीलाई १४ बुँदे ज्ञापनपत्र



कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको संक्रमण बढिरहेका बेला झापाका स्वास्थ्यकर्मीले १४ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका अध्यक्ष भरत खतिवडाको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रशासन कार्यालय झापामार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन्।

उनीहरूले आमिक्रोन भेरियन्ट समुदायस्तरमै तीव्ररूपमा फैलिइरहेकाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र नियमित तथा महामारीसम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्न सक्रियताका साथ सरकारी संयन्त्र परिचालन हुनुपर्ने माग गरेका छन्।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाइएको ज्ञापनपत्रमा सरकारी, निजी, सामुदायिक र अध्ययन संस्थानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्ने, सो सुविधा उपलब्ध नगराउने संस्थालाई कारबाहीको दायरामा ल्याउनुपर्ने, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका सबै स्वास्थ्यकर्मीका लागि सुविधायुक्त आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको निःशुल्क उपचार गर्नुपर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत सबै कर्मचारीको यथाशीघ्र बीमाको व्यवस्था गरिनुपर्ने उल्लेख छ।

संघका केन्द्रीय सदस्य डम्मरबल्लभ मिश्रले सरकारले कोभिड-१९ महामारीमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भनेको जोखिम भत्ता हालसम्म पनि पूरा उपलब्ध नगराएको बताए। उनले भने,‘सरकारले दिने भनेको सुविधा तुरुन्त उपलब्ध गराउनुपर्छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested